सप्तरीको डाकेश्वरीमा स्थानीय तहको निर्वाचन रोकिने भएको छ।
काठमाडौं । सप्तरीको डाकेश्वरीमा स्थानीय तहको निर्वाचन रोकिने भएको छ। आक्रोशित समूहले मतपेटिका फुटाएर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने भएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
यद्यपि यसबारे आधिकारिक निर्णय भने आइसकेको भने छैन । हाल सो ठाउँमा सर्वदलीय बैठक बसिरहेको बताइएको छ । मतदान अधिकृतलाई एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा एउटाको साटो अर्को चिन्हमा मतदान गरिदिएको भन्दै विवाद सुरु भएको हो ।
विवाद बढेपछि आक्रोशित समूहले मतपेटिका फुटाएका थिए ।