काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित हुने बताइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताएका छन् । उनले परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेको बताए।
वैशाखमा एसईई परीक्षा लिइएको थियो। एसईईमा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए।