मंगलबार , भाद्र ३०, २०८३

प्रधानमन्त्री देउवाबिरुद्ध भरतपुरमा उजुरी

image

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । कांग्रेस सभापति देउवा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

प्रधानमन्त्री देउवा गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन बुधबार चितवन आउँदै छन् ।

अधिवक्ता सुनिता अधिकारीले दिएको उजुरीमा आचारसंहिता विपरीत हुन लागेको कार्यक्रम र प्रधानमन्त्रीको आगमन स्थगित गर्न र आचारसंहिता विपरीतको कार्य भएमा सजाय गर्न माग गरिएको छ ।

निर्वाचन अधिकृत कार्यालयका अधिकारीले यसबारे निर्वाचन आयोगमा जानकारी गराइएको बताए।

सम्बन्धित समाचार