नवौँ शताब्दीमा निर्माण भएको यस सिलु महादेव (भक्तपुर दरबार स्क्वायर) को मन्दिरको धार्मिक महत्त्व निकै रहेको छ ।
गोसाईंकुण्ड जान नसक्दा यस महादेवको दर्शन गर्नाले उतिनै धर्म लाग्ने जनविश्वास रहेको छ । विशेष गरि जनै पूर्णिमाका दिन मेला लाग्ने यस मन्दिरमा अन्य दिन भने फोटो खिच्ने केही व्यक्तिहरू मात्र जाने गर्दछ । यस मन्दिरको प्रवर्द्धन गर्न सकिएको खण्डमा धेरै भक्तालुहरू दर्शन गर्न आउने छन् ।
यस सिलु महादेवको प्रवर्द्धनका लागि नगरपालिकालाई सुझाव:
१. एक समितिको निर्माण गरौँ ।
२. पुजारीको व्यवस्था गरौँ ।
३. दैनिक पूजाको व्यवस्था गरौँ ।
४. दैनिक आरतीको व्यवस्था गरौँ ।
५. फूल प्रसाद बेच्ने व्यवस्था मिलाऔँ ।
यसका फाइदाहरू:
१. सिलु महादेवको प्रवर्द्धन गर्नाले भक्तालुहरूको सङ्ख्या बढ्ने छन् ।
२. धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुनेछ ।
३. चन्दा भेटीको परिमाणमा उल्लेख्य वृद्धि हुनेछ ।
४. स्थानीयले रोजगारी पाउनेछ ।
५. यस मन्दिरबारे किताब प्रकाशन गरौँ र बेचबिखन गरौँ ।