सोमबार , भाद्र ८, २०८३

सुनसरीका ठाउँ-ठाउँमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ । 

image

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ ।

बिहीबार राती ८ बजेदेखी मतदानको दिन बिहान ५ बजेसम्मका लागि भारतीय सीमा निकट रहेका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगंजमा पूर्ण निषेध घोषणा गरिएको छ । त्यसैगरि इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको वडा नम्बर  १, ८ र ९  र इनरुवा नगरपालिकाको वडा नम्बर ३, ९ र १० मा  निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार निर्वाचनको सुरक्षालाई विशेष ध्यान दिएर निषेधाज्ञा जारी गरिएको हो । तोकिएको समयमा घर बाहिर निस्किन सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने पनि उनले बताए ।

 

 

Tags:

सम्बन्धित समाचार