बिहिबार , कार्तिक ६, २०८३

ताकमकाेटकाे बाँजको रुखले छेक्न नसकेकाे धौलागिरि र मानापाथी हिमाल

image

तस्बिरमा ताकमकोट जाने सिँढीबाट बाँजको रुखको हाँगाका बीचबाट धौलागिरि प्रथम (८,१६७ मिटर) तथा मानापाथी हिमाल (६,९२० मिटर) देख्न सकिन्छ । म्याग्दी जिल्लाको पश्चिम भेकमा पर्ने ताकमको ताकमकोट (२,५०० मिटर) मा जगन्नाथ र अन्नपूर्णको मन्दिर रहेको छ । मन्दिर हाताबाट हिमाल, सुन्दर गाउँबेसी, नागबेली परेका पहाडका तरेलीहरू, दर खोला र म्याग्दी खोलाले बनाएका उपत्यका, गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण लगायतका हिमालहरू आदि प्रकृतिका अनुपम छटाहरू देख्न सकिन्छ ।

तस्बिर:

तस्बिर/शब्द: केशव राज आचार्य

सम्बन्धित समाचार