बुधबार , साउन ९, २०८१

फेकोफनको अध्यक्षमा ठाकुर भण्डारी निर्वाचित

image

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को सातौँ राष्ट्रिय महाधिवेशनले ठाकुर भण्डारीलाई केन्द्रिय अध्यक्ष निर्वाचित गरेको छ ।  काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको महाधिवेशनले उनलाई केन्द्रिय अध्यक्षमा निर्वाचित गरेको हो ।

भण्डारी यसअघिको कार्यकालमा सचिव पदमा रहेर सफल कार्य अनुभव हासिल गरेका सामुदायिक वन अभियानकर्मी हुन् ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा बिर्ख बहादुर शाहीलाई निर्वाचित गरेको छ ।

त्यसैगरि, महासंघको केन्द्रिय महासचिवमा पार्वता गौतम निर्वाचित भएकी छन् । सचिवमा डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपाने विजयी भएका छन् ।

सम्बन्धित समाचार