hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

उत्सबका सात रंगहरु: जात्रा, त्यसका बिबिध पक्ष र मानसिक स्वास्थ्य

image

यस लेखमा जात्रा र त्यसको सामाजीक र साँस्कृतिक पक्ष, कृषि अनि उत्पादनको पक्ष र मनोबिज्ञान र आरोग्यताको पक्ष लाई बिभिन्न कोंणहरुबाट हेरीने छ ।

संस्कृति ब्यवस्थापनको त्यस्तो बिज्ञान हो जसले सम्बन्ध, आवश्यकता, प्राकृतिक बिज्ञान, खेलकुद र मनोरन्जनलाई साथसाथै सम्बोधन गर्छ । शक्तिको संचय बाहेकको जीन्दगीको अरु आयामलाई पनि संस्कृतिले सम्बोधन गर्छ ।

कुनै पनि साँस्कृतिक अभ्यासमा भुगोल, ईतिहास, धर्मकर्म, समसामायीक बिषयबस्तुको ठुलो योगदान रहन्छ । साँस्कृतिक अभ्यासमा सबैभन्दा ठुलो योगदान भुगोलको र उपलब्धताको रहन्छ । जस्तो कि तिब्बतको थार क्षेत्रमा बनस्पति र फुलहरु पाईदैन तर काठामाडौं उपत्यकामा फुलका बनस्पतिहरु यथेष्ट पाईन्छ । उनीहरुले स्वागत सत्कारमा खादा प्रयोग गरे हामीले सयपत्री, गोदावरी , मखमली र थुङ्गे फुलको माला पहिराउन पायौं ।

रसीयामा आलु मनग्य उत्पादन हुन्छ । रसीयनहरुले आलु कुहियाएर रक्सी बनाउँछन् र बनेको भोड्का पिउँछन् र शायद त्यसै वरीपरी धेरै चाडपर्व र आलु महोत्सब पनि शुरु गरेका छन् । काठमाडौं बासीको मुख्य अन्नबाली धान हो, यो मलिलो र पारिलो ठाउँ हो । यसैले उनीहरुले ताईचिनको चामल या चिउरा कुहाएर ऐला बनाउँछन् , चामलबाट नै योमरी बनाउँछन् र धान्यपूर्णिमामा रमाउँछन् । त्यसरीनै, गण्डकी क्षेत्रकाले कोदो कुहाएर लोकल बनाउँछन् । यसर्थ सत्कार र भोजमा उपलब्धताको ठुलो प्रभाव हुन जान्छ ।

साँस्कृतिक अभ्यास एकै किसीमको कर्मकाण्डमा जकडिएर बस्दैन बरु काल , परीस्थीति र समयको अन्तरालबाट निरन्तर बिकासक्रममा जान्छ । तर फेरी यसै कारणले केहि अभ्यासहरु शिथिल हुन्छन्, छुटिन्छन् र छुट्याईन्छन् । त्यसपछि त ति बैदिक बिधिहरुका बिज्ञानको पाटो गौंण हुँदै जादा बिरालो बाँधेर श्राद्ध गर्ने जस्तो परीस्थीति उत्पन्न हुन्छ । जति सक्दो यस्ता रीतिरीवाजहरुको सहि अभ्यास तथा बैदिक बिधिहरु बचाँईराख्नुपर्छ र कुरीति भने हटाईनुपर्छ ।

सनातन रीतिरीवाज र कर्मकाण्डको भिडियो अभिलेखन जति सक्दो छिटो गरीनुपर्ने समय आईसक्यो । यो डिजीटल या प्रबिधिको युगमा यस्ता रीतिरीवाजहरुलाई पुस्तान्तरण गर्नु जटिल नहुनुपर्ने हो तर सिक्ने उत्कण्ठा लिएर नआएसम्म न त मर्म जानिन्छ न त कर्म सिकिन्छ ।

फेरी साँस्कृतिक अभ्यास केवल उत्पादन र उपभोग मात्र होईनन् , यो त एक अर्कासीत मनको तारबाट जोडिएका क्रियाकलापहरु हुन् जसले अध्यात्मको उठानका साथसाथै जीन्दगीको सारबोध पनि गराउँछ ।

यता साँस्कृतिक मनोबिज्ञानले कसरी हामीमा हाम्रो संस्कृति प्रतिबिम्बित हुन्छ र त्यसले हाम्रो समस्त मनोबिज्ञानको प्रकृयालाई आकार र प्रभाव दिन्छ भनेर अध्ययन गर्छ र गराउँछ ।

मन र संस्कृतिलाई भिन्न दृष्टिकोंणले हेर्नु पनि मिल्दैन किनकी सारा जीन्दगी संस्कृतिले मन – मान्छेलाई र मान्छेले संस्कृतिलाई आकार दिईरहेका हुन्छन् । जसरी मान्छे र मृत्यु संगसंगै जन्मिछन् त्यसरी नै संस्कार – संस्कृति र मान्छे संगसंगै हुर्कन्छन् । यी एकै सिक्काका दुई पाटाहरु नै हुन् । मान्छेका आचार–बिचार र भावना प्रेशीत गर्ने तरीकामा पनि संस्कृतिको ठुलो प्रभाव रहन्छ ।

पश्चिमा संस्कृतिमा दिक्षित , प्रशिक्षित , प्रबिधिमा जानकार, धनी र स्वतन्त्र बिचारको मान्छेलाई (W.E.I.R.D. describes populations that are Western, Educated, Industrialized, Rich, and Democratic) मात्र धेरै जसो अध्ययनमा समेटीने भएकाले संसारका अरु संस्कृतिमा हुर्किएका मान्छेहरुको बिषयबस्तु धेरैजसो अध्ययनहरुमा अटाउँदैन र त्यसैले त्यस्ता अध्ययनहरुबाट निकालिएको नतिजा, तथ्य र निस्कर्ष अरु जनसंख्यामा लागु हुन सक्दैन ।

यता साँस्कृतिक बृत्तको ब्यक्तिगत, अन्तरक्रियात्मक , संस्थागत र बैचारीक पाटोहरुले पनि मान्छे र संस्कृति बिच सम्बन्ध तेर्साईरहेको हुन्छ । मनोबिज्ञानले मन र त्यसले डोर्याउने ब्यवहारको कुरा गर्छ भने मानसिक स्वास्थ्य त्यसको परीणाम हो जसमा स्वास्थ्य र उत्पादनशील मन जो दिनहुँको परिस्थिति जुध्न सक्षम छ । यो स्वास्थ्य मन निमार्ण निम्ती आफ्नो शरीर, परीवार, साथीभाई , समुदाय, , समय र परीस्थीति सबै नै सहयोगी र उर्जाशील हुनुपर्दछ । स्वास्थ्य मन एउटा संमयममीत र खुशीले भरीभुर्ण मन हो ।

एउटा बच्चाको हुर्काईमा पनि संस्कृति र मनोबिज्ञान साथसाथै लागीपरेका हुन्छन् जस्तो कि धर्मको रुपमा , जादूई बिश्वासको रुपमा , कर्मकाण्ड , खेलकुद, उत्सब, मनोरन्जनको रुपमा र कहिं कतै अपराधको मनोबृत्तिको रुपमा पनि । यहाँ कति कुराहरु सिकिएका हुन्छन् कति सिकाईन्छन् ।
साँस्कृति जिवनका बिभिन्न पाटाहरु निर्माण गर्ने सामुहिक अभ्यास हो । साँस्कृतिले अवश्नै जीवनका बिभिन्न डोराहरुलाई बाँधीदिन्छ र सामाजीक प्राणीको निमार्ण पनि गरीदिन्छ । बर्षभरी मिहिनेत गरेर किन दशैंमा नै भेला भएर टिकाटालो र भोज गर्नुपरेको त , तिहारमा चेलीलाई बोलाएर टिका किन लगाउनुपरेको त ? बिदेशमा श्रम गरीरहेको मान्छे किन चाडपर्वमा आँशू बगाउँछ त या घर फर्कने छटपटिमा रहन्छ त ?
संस्कृतिलाई मानब बिकासको अभिन्न पक्षको रुपमा हेरीनुपर्छ ।
साँस्कृतिक अनुभव सामुहिक चेतना पनि हो । चेतना प्राप्तीमा भुगोल र खगोलीय पिण्डहरुको अन्तरक्रियाको धेरैनै प्रभाव रहन्छ ।
नेवारी संस्कृतिमा र प्रष्ट भुगोलमा भन्दा – नेपालमण्डल भित्रको संस्कृतिमा बर्षमा एकचोटी मजाले मनाउने चाड भनेकोनै जात्रा हो । एक अन्नबाली स्हारेर अर्को अन्नबाली रोपेर मान्छे फुर्सदिलो हुन्छ , उसलाई पनि मनोरन्जन र आराम चाहिन्छ अनि फुर्छ जात्रा मनाउने समय । धानबालीमा आश्रीतले मंसीर पुषमा जात्रा मनाउने गर्छन् भने औधोगीक र ब्यापार कर्ममा लागेकाले बसन्त ऋतुको आगमन पछि जात्राका लागी सुरसार कस्छन् ।

तर यता मध्यपुर थिमी नगरपालीका अन्तरगतको ३२ खट जात्रा चलाउने गाउँठाउँमा भने धान रोप्ने र स्हार्ने काम अरु ठाउँको हेरी एक महिनै अगाडि हुँदोरहेछ तर माटोको कामको चटारोले होला ठिमीबासीहरु नवबर्षको आसपासनै मुख्य बिस्केट जात्रा मनाउँछन् । निलबाराहि नाच भने गाईजात्राको आसपासनै मनाउँछन् जो बोडेको एक प्रमुख साँस्कृतिक पर्व हो ।

नेपालमण्डलको संस्कृति (बिशेष गरेर काठमाडौं उपत्यका, पनौति र आसपासका क्षेत्रहरु र दोलाखा) जात्रा र भोजले सम्पन्न बनाएको संस्कृति हो । भोजले बिग्र्यो नेवार भन्नुनै उनीहरुले संरक्षण गर्दै ल्याएको संस्कृतिको उपहास हो । बरु उनीहरुको कर्म र संस्कृतिको अन्तरंगको पत्तो लगाए सबैलाई काम प्रति यत्तिकै अनुराग हुन्थ्यो होला ।

हो यो कुरा पनि साँचो हो कि अहिले सबैले सामुहकि जिम्मेवारी लिने भोज संस्कृति हराउँदै र क्याटरींगवाला संस्कृति मौलाउँदै आएको छ । सायद हिजोको कृषितन्त्रमा आधारीत समाज आज रहेन । सामुदायिक भावना क्षिंण हुँदै गईरहेको आजको परीदृश्य साँस्कृतिक रुपमा जोखीम क्षेत्र भित्र परेको छ । गुठिको जग्गामा बनाएको व्यापारीक भवनबाट आउने अर्थले सबै सामुहिक कामको चाँजोपाँजो र खान्की किन्नाले भोज संस्कृतिमा भएको सामुदायिक पक्ष हराउँदै गएकोले यसको पुर्नरजागरण गर्नुपर्ने बेला आएको छ । बिदेशको बसाईमा जात्रा र भोज नहुनाले मनमा उमंग नहुने र यसैका कारणले एक किसीमको अवसाद या निराशाको जस्तो स्थिती उतपन्न गराएको सुनिएको पनि छ । चाडपर्व , जात्रा र आरोग्यताको सम्बन्ध नङ्ग र मासुको जस्तै हो । सहभागीता, जिम्मेवारी, आराम, मनोरन्जन, खाना र सामुहिक सकृयताले मानसिक स्वास्थ्यलाई अझ दरीलो बनाउँछनै ।

यहाँका बासीन्दाहरुको जीवनशैली हेर्दा त यस्तो लाग्छ कि भोजले नेवारहरु बिगारेको होइन की जीन्दगीमा समुदायको साथ, मनोरन्जन र आरोग्यताले समृद्ध पारेको हो । हरेक भोज पछि उनिहरु कृषी कर्ममा डटेर र झन् जुझारु भएर लागेको देखीयो । नेवारहरुको भोजमा कृषी उत्पादनले र उत्पादकत्वले धेरै महत्व राख्छ । यता नेपालका शासक बर्ग त माखो उत्पादन नगर्ने तर मागेर भए पनि बितरण गर्ने सपना देखाउँदा रहेछन् । यस्तो प्रबृतीलाई उनीहरुको कर्म प्रतिको निष्ठा र अनुरागले गिज्याउँला कि ?

उपसंहारहरु
केही जात्रा र उत्सबहरुमा त्यस सम्बन्धित केही पात्रहरुलाई पछाएर र उनीहरुसंग अन्तरक्रिया गरेर हामीले यि समाज हित गर्ने निचोडहरु पनि निकालेका छौं ।

१)
संस्कृतिले मान्छेलाई समाजसित जोड्छ भने जात्राले मान्छेलाई समुदायसित । जात्राहरु मानबकृत अस्पर्शनिय सम्पदाहरु हुन् । निरन्तर अभ्यास र परीमार्जनलेनै यसलाई संरक्षण र सम्बर्धन गर्न मिल्छ । जात्राका तौर तरीकाहरु बिकाशक्रममा जाँदा परिमार्जन हुँदै जान्छन तर यसको मुल उद्देश्य त्यहिनै रहन्छ र रहनुपर्छ ।
ज्यापु या ज्याफु भनेको नेवारीमा काम गर्न सक्ने मान्छेलाई बुझिन्छ । यो नेवारी समुदायमा श्रमिक बर्ग हो । लगभग काठमाडौं उपत्यका भित्रका धेरै जसो जात्राको मुख्य हर्ताकर्तानै ज्यापु या कृषक समुदाय हो , केहि अपबादहरु छोडेर ।
जात्राहरु मात्रै नेपालका यस्ता उत्सबहरु छन् जस्ले नेपाली पन, नेपाली मन र उत्सबको नेपाली तरीकालाई नेपाली बिश्लेष्ण र बिशेषणले परीभाषीत गर्छन । जात्रा श्रमिक बर्गको उत्सब हो ।
जात्राहरुले बर्ग र जातपातको जयस्थिती मल्लले शुरु गरेको श्रमीक बिभाजनको भेदलाई पनि नेपथ्यमा राखीदिएर एउटा सर्र्वप्रिय – समावेशी स्थीतिको स्थीतिको सृजना गरेको देखीन्छ ।

२)

जात्राहरु अमुर्ततालाई मुर्तता दिने प्रयास पनि हो ।

बिष्णुदेबि र बालकुमारी थानका प्रतिमुर्तिहरुलाई बर्षमा एकचोटी भेट्टाईदिने पाँगा, किर्तिपुरको बिष्णुदेबि जात्रा – यात्रा , हवनकुण्ड र यज्ञस्थल ध्वष्त बनाउने, अग्नी समाधि लिएकी सतिदेबिको मृत्युमा भड्केका शिवगणको खोकनाको सिकाली जात्रा , लाखेलाई सामाजीक उच्छृंखलता या डनको रुपमा चढावा चढाउने किर्तिपुरको ईन्द्रायणी जात्रा या देबि भद्रकालीलाई धन्यबाद स्वरुप चलाईएको बिस्केट जात्राले आ – आफ्नै अमुर्तता र आफ्नोपन बोकेका छन् ।

३)
कोठाको मनोरन्जन तमसमा, जात्राको मनोरन्जन स्वास्थ्य स्वास अनि बहसमा । संसारभर युद्धको औचित्य सकिसक्यो र यसैले पनि जात्रामा भएको खेलकुद र प्रतिष्पर्धा झनै आवश्यक भएको छ ।

संस्कृतिले जीवनमा रंग भर्छ । हाम्रो संस्कृतिले खाली भक्तिभाव र त्यागको मात्र कुरा गरेको छैन । यसले त आफै माथी पनि करुणा राख्ने, नम्र हुन निर्देशीत गरेको छ र तन–मनको आरोग्यताका लागी रीतिरीवाज राखीदिएको छ ।

जस्तो कि तिहारमा मनाईने म्ह – पूजा जसलाई नेपालीमा सन्चो पूजा पनि भन्न सकिन्छले आर्युबेदमा आधारीत उपचारमा हुने पन्चकर्म जस्तो एउटा बिधि अगाडी सारेको छ जुन मानब र समुदायको आरोग्यताका लागी धरैनै प्रभावकारी छ ।

भाईटिका मा दिदीबहिनीले टिका लगाउनु अगाडी बसेको ठाउँ वरीपरी बनाईदिने तोरीको तेलको घेरो, फोडिने ओखर, पूजा गरीने बिमीरोले मनोबैज्ञानिक रुपमै सुरक्षा र साथको भाव दर्शाएर मान्छेको मनोबिज्ञानलाई सकरात्मकतता तर्फ डोर्याउँछ ।

४)
मुर्तिलाई त्यसको मुख्य पिठसँग जुधाउन लैजानुको तात्पर्य शक्ति आर्जन या देवगणको माईति खलकसँग पुर्नमिलन गराउने हुनसक्छ । धेरैजसो पौराण्कि कथामा आधारीत हाम्रा जात्रा र चाडहरु बेद र उपनिशदमा भएका देबि – देवताका कथाहरुको परीमार्जित नाट्य रुपान्तरण धेरै मात्रमा हो ।
प्राकृतिक अमुर्ततालाई जीवन्तता दिनु जात्राहरुको पनि मुख्य उद्देश्य हो किनकी प्रकृति र संस्कृतिनै नेपालीको सम्पत्ति हो ।

५)
ज्यापुहरूको मेलापात,, सबै किसिमका काम र व्यवसाय देखि जात्रापर्वमा पनि उत्तिकै सहभागीता देख्दा लाग्छ उनीहरू कामका लागि बनेका कमिला या मौरी हुन् । यस्तो लगाब र समर्पण ज्यापु बाहेक कोरीयनहरुमा देखिएको छ जसको संस्कारमा साहु र कारिन्दा बराबरी काम गर्छन् ।

नेवारहरुको भोजमा कृषी उत्पादनले र उत्पादकत्वले ठुलो महत्व राख्दा राख्दै पनि बसाई/सराई, बिहे पास्नीमा अर्थको आवश्यकता र बैदेशीक रोजगारीले गर्दा कृषीजन्य जमीनलाई बाँझो राख्ने वा खण्डीत गरेर हाउजीङ्ग र प्लटीङ्ग गर्ने अनि घरजग्गा दलालीद्धारा आयआर्जन गर्न खोज्दा कृषी कर्ममा आएको सुस्तताले पनि साँस्कृतीक बिचलन भएकै हो । यस समस्यामा बिश्व परीवेश र प्रबिधिको उन्माद पनि उत्तिकै जीम्मेवार छ ।

आफ्नो मौलीकतालाई जोगाउने हरेक नेपालीको जिम्मेवारी हो तर यस्तो भईरहेको छैन । संस्कृति र प्रकृतिनै हाम्रो सम्पत्ति हो भन्ने चेतना नेपालीमा आउनु जरुरी देखीन्छ ।

६)
मान्छेलाई पिडित र एक्लो देखाईदिने र कुनै अमुक पात्र या मसीहाले मुक्ति दिन्छ भन्ने भ्रम छरेर धर्मान्तरण गर्न लगाउने समस्या नेपालले झेलीरहेको छ । आम जनतामा हाम्रा धर्म र संस्कृतिबारे भम्र तथा गलत सामाजीक र साँस्कृतिक मनोबिज्ञान निर्माण गर्न अरबौं/खरबको बजेट खन्याएर गैरसरकारी संस्थाहरु लागीपरेका छन्, सतर्क हुनेमात्र होईन त्यस्ता कुतत्व र बिचारहरु निष्तेज बनाउने बेला भईसक्यो ।
अब, यो धर्म परीवर्तन गराउने अपराध र तोकेरै भनौंन साँस्कृतिक अतांकबादलाई निस्तेज गराउन पनि नेवारहरु र उनीहरु बाहेकका सबै समुदाय र जात/जाती भएका सबै जात्रा/पर्वहरु पुर्नजीवित गरेर समुदाय, ब्यक्ति, ब्यवस्थापन, मनोरन्जन र उत्पादकत्वलाई एक ठाउँमा गोलबद्ध गर्न सकिन्छ अनि त्यसैका मार्फत आफ्ना मौलीक सनातनी धर्म परम्पराको संरक्षण र सम्बर्धन । ढिलो हुन लागीसक्यो तर प्रयास गरे कुनै न कुनै निष्कर्षमा पुग्न सकिन्छ ।

शायद जात्राहरुले शिव र शक्तिको मेलमिलापमा पनि भुमिका खेल्न खोजेको छ । शक्ति भनेको प्रकृति र शिब भनेको चेतना हो जो हरेक युगमा शिबशक्ति रुपमा उत्पन्न हुन्छन् , मानब भएर छुट्टाछुट्टै जन्मिन्छन् , एक अर्कालाई अघोरै प्रेम गर्छन् र छुटिएर फेरी बिवाहबाटै पुर्नमिलन पनि गर्छन् ।

गृहष्थ जीन्दगीको मनोबिज्ञानलाई यो कुराले पक्कै असर गर्छ । हाम्रा जात्रा, पर्व र पूजाआजा मार्फत सकरात्मक मनोबिज्ञानलाई यसरी रोप्न खोजीएको छ कि यो समयले सकरात्मक परीवर्तन ल्याउँछ तर न हामीले थाहा पाउँछौं न त कृतज्ञनै हुन्छौं ।

७)
मनोरन्जका बिभिन्न माध्यम र साधन भएको यस समयमा के जात्राहरु सान्दर्भीक हुन या होइनन् भनेर पनि प्रश्न जाँदोरहेछ किनकी खर्च, समय र सहभागीतको कुरा पक्कै आउँदो रहेछ ।

जात्राले हामीलाइ समुदायको मान्छे भनेर स्थापित गरीदिंदो रहेछ, जिम्मेवारी लेनदेन मार्फत, अनि त्यसबाट हामीलाई समाजमा बाँच्ने आशा, भरोसा र साथ मिल्दो रहेछ । समुदायमा सबैको आआफ्नो जिम्मेवारी हुन्छ र सामाजीक मनोबिज्ञान दुरुष्त र सफा पार्न जात्राले सहयोग गर्दो रहेछ ।

बर्ग र जातको पर्खाल पनि जात्राहरुले भत्काउँदो रहेछ । अब खड्किले बलिको जिम्मेवारी लिनु पर्यो, ज्यापुले जात्राको ब्यवस्थापन र श्रेष्ठले पूजाको , मिलेर काम नगरी सुखै छैन । सकृयता र सहभागीता जात्राको धेरैनै राम्रो पक्ष हो ।

जात्राले पर्यटन सँगै भोज र भेटघाटको सम्बन्ध बिस्तारलाई उकास्छ जसले गर्दा अर्थतन्त्रमा सुधार हुन्छ । अर्थ राजनिति सहि दिशामा उन्मुख भए मान्छेको आरोग्ग्यता र देशको बिकास दुबै दूर्त गतिमा जान्छ ।
जात्राले खेलकुद, मनोरन्ज र एक्यबद्धताको परीपाटीलाई मलजल गर्छ जसका कारणले मानसिक स्वास्थ्य अझ आरोग्यताले भरीपूर्ण हुन्छ । यता खट बोकेर संगीतको तालमा उफ्र्ने गर्दा यो संस्कृति नबुझेका मान्छेलाई हाँसो लाग्ला बेसुरको नाच भनेर तर त्यसमा आफ्नै किसीमको खेलकुद अभ्यास छ भलै यसमा कुनै प्रतिष्पर्धा नहोला ।

सार
किर्तिपुर नेवारी संस्कृति प्रवेशका लागी मुख्य द्वार थियो । त्यसपछि काठमाडौं बाहिरका सबै नेपालीहरु नेपाल मण्डलको संस्कृतिमा यसरी भिजेकि यो संस्कृति सदैब बिजयी रह्यो र नेपालको संस्कृति बन्यो । जसले यहाँ ऐला खान जान्यो, छोयला अनि चिउरामा भिज्यो र जात्रामा रमाएर नेवारी बोल्न सिक्यो त्योनै नेवार बन्यो ।
हामी सबैमा त्यो छनक कुनैनै कुनै अंशमा रहेको होला ।
सबै जात्राहरुको आआफ्नै ऐतिहासीक, धार्मीक र साँस्कृतिक पक्ष छ र त्यसैले एक बाट अर्को जात्रालाई बिशिष्टता दिन्छ ।

जीन्दगीका अमुर्ततालाई मुर्तता दिनु, पिठहरुमा भएको ढुङ्गा र मुर्तिहरु पनि जीवन्त हुने, उनीहरुको पनि दिदिबहिनी सहितको परीवार हुने, उनीहरुलाई पनि खुश्याउनुपर्ने हौस्याउनुपर्ने प्रकृतिको अमुर्ततालाई मुर्तता दिन खोजीएको प्रयास हो जात्रा । धेरैले नमान्लान् तर प्रकृतिको ढुङ्गा माटोमा पनि जीवन हुन्छ र त्यो जीवनलाई जात्रा मार्फत आत्मभुत गराउने अनि आम मानिसको दैबि शक्ति माथीको बिश्वास प्रगाढ बनाउने प्रयास अन्तरगत भएको देखिन्छ । आखीर ढुङ्गा माटोको यो शरीर ढुङ्गा माटोलाई पुजेर रीझाउनु पनि पर्यो त । अनि आखीर अन्त्यमा यो नश्वर शरीर त्यहि ढुङ्गा माटोमा बिलिन पनि हुनेत हो नि ?

फेरी एउटै देबिको मठ, मन्दिर र पिठ धेरै ठाउँमा हुनु र ति सबैलाई जात्राको समयमा पुजीनुले नारीहरुले घर धेरै ठाउँमा जमाउनुपर्ने बनाउनुपर्ने आम नेपाली समाजिक मनोबिज्ञानको कुरालाई अगाडि सार्छ । शायद महिलाहरुको दैनिकीलाई जात्राको यो पाटोले सहजीकरण गर्ने मात्र होईन धैर्य साँच्न पनि लगाउँछ । हाम्रा रीतिरीवाज र कर्मकाण्डले बैवाहिक जीवनका बिभिन्न अप्ठ्याराहरुलाई आत्मबोध पनि हुन नदिईकन समाधान तेर्साईसक्छ ।

एकै देबिका दुई ठाउँमा स्थापित मुर्तिहरुलाई जात्राको बेलामा आमने सामने गराईनुको तात्पर्य शक्ति आदनप्रदान गर्नुको निम्ती एउटा उर्जा सम्मेलन पनि हुन सक्छ ।

यी सबै कर्महरुबिच हिजोसम्मका जीवनका निरासापूर्ण दैनिकीमा जात्राले आशा आरोग्यता र उत्साह थपिदिन्छ आउने बर्षभरीका लागी । बर्ष १ गतेबाट शुरु हुन्छ तर जीवन आशाबाट शुरु हुन्छ । त्यसैले जात्रेहरुका लागी जात्राको पहिलो दिननै आगामी उत्साहपूर्ण बर्षको पहिलो दिन हो ।
आरोग्ता भनेको रोग र दुब्र्यशन रहित मात्र हुनु होइन । यो त जीवनका बिभिन्न पाटाहरुलाई हष्टपुष्ट बनाउँदै लग्ने अनवरत प्रयास हो । यता जात्राहरुले आरोग्यताका सबै पाटाहरु जस्तो कि खाना र भोजको पोषण, खेलकुद र मनोरन्जनको सक्रियता, आराम र तनाब रहित परीदृश्यले संचय गर्ने भावनात्मक सन्चो , सामुदायिक भावना र सहभागीताको लगानी , सम्बन्धहरुको बिस्तार, साथ र सहकार्य अनि प्रकृति पूजन र सरसफाई एकैचोटी सम्बोधित गर्छ र त्यसै मार्फत मानसिक स्वास्थ्यलाइ अझ दरीलो बनाउँन टेवा दिन्छ । बातावरणनै स्वच्छ, सफा र मनमोहक हुन्छ पूजा, यज्ञ र अगरबत्तिले । इन्द्र बाजा, धिमे बाजा र न्याखीको संगीतमा आफ्नै माधुर्य र बिशिष्टता रहेको छ जसले आरोग्यताको बिउ भावनामा सञ्चार गरीदिन्छ । संगीतले मनका कल्याङबल्याङ्गलाई बाहिर थुत्छ भने नाचले ति बेशुरापनहरुमा काम गर्छ र अनि लहरै जीवन प्रतिको उत्साह एक मालामा उनिदिन्छ ।

जात्रामा सबै जात्रालुहरुको सकृयता (Activity) र सहभागीता छ । यसैले जात्राहरु मानसिक समस्याको रोकथामको उपाय बनेको छ । ज्वरोले ग्रस्त र रोगले त्रस्त जात्रालु पनि धिमेबाजाको पहिलो धुनसँगै उठेर आफ्नो जिम्मेवारी बोक्न आईपुग्छ ।

फेरी जात्रा या कुनै पनि चाडपर्वले बर्षमा एकचोटी भए पनि पट्यारलाग्दो दैनिकीमा फेरबदल गरीदिन्छ । दैनिकीमा फेरबदल हुनु भनेको जीन्दगीको कब्जीयत हटेर जानु हो । यता जात्रा या कुनै पनि चाडपर्वको उत्साह र उत्सबले ब्यवसायजन्य स्वास्थ्यका खतरा र जोखीम (Hazards and Risk) हटाईदिन्छ । मान्छेहरुको आर्थीक स्थीति जे जस्तो होस् चाडपर्वको नजीकमा धेरैजसो परीवारमा त्यो अर्थको पक्ष सबल र स्थीर भएकै हुन्छ । आखीर यस्ता चाडपर्वले मनको अन्तरंगसँग त धेरै खेल्ने हुन् ।

एक हिसाबले हाम्रो समाज र संस्कृतिले निमार्ण गरेको उत्कृष्ट मनोउपचार हो जात्रा । पश्चिमा मनोउपचारको पट्यारलाग्दो पद्दति भन्दा धेरै धेरैनै प्रेरणामुलक छ जात्राले समेटेको मानसिक स्वास्थ्यको पाटो । जात्रा चल्ने ठाउँमा मनोपचारको लेप लाउन कुनै किल्नीक या केन्द्र धाउनु पर्दैन । केवल धिमे ताल बाजाको उक्साहटलाई चरणस्पर्ष गर्ने र आफ्नो भागमा परेको जात्राको जीम्मेवारी लिने र बर्तमानमा रमाउने । यति समय उति सेसन भनेर समयको सिमामा बाँधिनुपर्ने पनि छैन जात्रामा । एउटै बिषयमा मन रमाउने भनेकै हप्ता दश दिन हो र त्यसपछि मनले फरकपन अवश्य खोज्छनै । मानसीक समस्याको रोकथामको हेतु पनि सबैले जात्राका लागी बर्षमा १० दिन छु्याउँदा केहि खेर जाँदैन ।

घर गाउँ बाहिर स्वदेश या बिदेशमा भएका नेपालीहरु जात्राकै चाँजोपाँजोमा फर्कने हुन (Back to roots)। बर्षमा एकचोटी जात्रालुहरुले मजाले मनाउने यो चाडमा उत्सबमय सात रंगहरु र नवरस सबै मिसीएको हुन्छ । साथ, सहयोग, समुदाय र समभावले आरोग्यताका मोतिहरु छरीरहेको भान हुन्छ । ठिमी बालकुमारीका बिकेश श्रेष्ठको अनुभवले यस्तै बुझाउँछ ।

जीब्रो छेड्ने जात्रा मनाईने मध्यपुर ठिमी बोडेका ख्यातिप्राप्त जुजुभाई बसा श्रेष्ठ जात्रालाई प्रतिबद्धताको (Commitment) रुपमा बुझ्छन् । जाँडको शूरमा जीब्रो छेड्छु भनेर तुजुक गर्ने तर कुलोमा , खोलोमा, दुलोमा, घयाम्पोमा कतै पनि लुकेर बस्नेलाई पातालबाट टिपेर पनि आफ्नो जीम्मेवारी निभाउन लगाईन्छ नै । बर्षभरीका लागी प्रतिबद्ध हुने पहिलो दिन हो जात्रा । प्रतिबद्धता ब्यवसायजन्य स्वास्थ्यको एक महत्वपूर्ण पाटो हो ।

यो जीब्रो छेड्ने जात्रा संसरकै बेजोड जात्रा हो जसको आफ्नै धार्मीक , साँस्कृतिक र मनोबैज्ञानिक महिमा छ । जीब्रो छेड्ने मुख्य उपासक – स्वयम्सेवी र यो जात्राको बिबिध पक्षको संरक्षण गर्नुपर्ने देखिन्छ । जीब्रो छेडेको उपासकले बोकेर गाउँ घुमाईने निगालोबाट बनेको महादिपले त्यो जमानाको फ्ल्डलाईट (Flood Lights) प्रबिधिलाई बुझाउँछ ।

जात्राहरुले घुमाएर होस् या सिधै मानसिक स्वास्थ्यबारे सचेतना फैलाएकै छन् र रोकथामका उपायहरुलाई पनि परीदृष्यमा राखिदिएका छन् । समाजमा ख्याक प्रबृतिका मानसिक रोगीहरु (Schizophrenia like) र लाखे प्रबृतिका (Paranoid) धम्भीहरु हुनछन् नै र तिनीहरुलाई तन्त्रमन्त्रको उपचारद्वारा बसमा राखेर दिशाबोध गराईन्छ र समाजकल्याण् हेतु तिनीहरुको सदुपयोग हुन जान्छ ।

कम्तिीमा सात पटक सम्म जीब्रो छेड्नुपर्ने नियम र आफ्नो बाचा अनुसार प्रत्येक पटक गाउँलेहरुलाई भोज पनि ख्वाउनुपर्ने र अतिबृष्टी, अनाबृष्टी, अनिकाल र अरु प्रकृतिक प्रकोपलाई रोकिदिनुपर्ने वाचा गरेको स्वयम्रसेवी जात्रालुले आफ्नो प्रतिबद्धता निभाउँछनै । यसैले न त बोडेमा कहिल्यै अनिकाल पर्यो नत २०७२को महाभुकम्पले कुनै असर र क्षति । बोडेका जुजुभाई अझ उत्साहित बन्दै बोडे आउने कुनै पनि पाहुना कहिल्यै खालीपेट नजाने भन्छन् । यसरी हेर्दा सकरात्मक सामजीक मनोबिज्ञानका हेतु रचिएको बृहत यज्ञ जस्तो बुझिन्छ बोडेको जीब्रो छेड्ने जात्रा ।
यसरी जात्राहरुले मनोउपचारका लागी एउटा रंगभुमी (Therapeutic Arena) दिएको छ । जात्राको संगति, नाचगान, डबलिका नाटकहरु (Psychodrama) आफैमा बहुआयमीक उपचारमय पद्दति भित्र समाबिष्ट छन् । बर्षमा एक पटक जसो यो चन्चलताले भरीएको मनलाई खाली गरेर सरसफाई गर्नैपर्छ र त्यो अवसर जात्राले दिन्छ ।

चैत्र मसान्तीमा ठडाएको योंसी वा लिंग बैशाख संक्रान्तिमा ढाल्दा त्यसले सुर्यको चाल र एक राशी देखि अर्को राशीमा प्रवेशलाई बुझाउँछ र यो रीतिरीवाजले मानसिक रुपमा एकदमै प्रभाव पार्छ । पुराना नराम्रा बानीहरु छोड्ने र नयाँ प्रतिबद्धता गर्नेनै यो दिन हो । प्रकृतिको बिभिन्न आयमहरुको बैज्ञानिक पक्षहरुलाई समेटेरनै जात्राहरुमा बन्दोबस्ती हुने गर्छ र त्यसका लागी उपयुक्त तिथीमितिको चयन पनि । समय, समयसिमा र समयबोध सबैले मानसिक रुपमा ठुलो प्रभाव राख्छ । जात्राको समयसिमा छ तर पनि स्वतन्त्रता उपलब्ध गराएको छ ।
ठिमी बालकुमारीको मन्दिर आसपसमा दुई पिढी अगाडि बाँचेका र हुर्केका परीवारहरुमा, जो अहिले पनि बाँचेका छन् भने ८२ बर्षको उमेर हाराहारीका छन् , घरको अंशबण्डा हुँदा जात्रा, कर्मकाण्ड र चाडपर्वहरुको जिम्मेवारी पनि स्वीकार्नु पथ्र्यो । जिम्मेवारी प्र्रदत्त कामहरु बहन गर्नु र यसै मेशोमा भातृत्वप्रेमको सवलिकरण गर्नु पनि यसको अभिप्राय देखीन्छ ।

आपसी बैरभाव र ससाना समस्याहरुलाई उम्रिन नपाउँदै रोकथाम गर्नु यस्ता रीतिथितिको सकरात्मक योजना देखीन्छ भन्ने सन्देश जान्छ ।
किर्तिपुरको सातगाउँले जात्राले भातृत्व (Brotherhood) प्रेमको पाटोलाई पनि पर्दा अगाडी ल्याएर सबलीकरण गर्न खोजेको छ । पुरानो जमानामा एक अर्को राज्य बिच र अहिले एक अर्को गाउँबिच न्यानो सम्बन्ध बसाउन बिष्णुदेबी पिथ तिनथाना, नैकापको नेंगा या न्हेय गा या बखुमरु जात्राले प्रयास गरेको देखीन्छ । एकताबाट शक्ति संचय गर्ने बारे यस जात्राले धेरै कुरा दर्शाउँछ । सबै गाउँका जात्राहरुले यस एकता प्रयासमा आआफ्नो भुमीका खेलेको देखिन्छ ।

नेवारहरु बाहेक , मगर र अरु जातीहरुको सातगाउँले जात्रामा सहभागीता देख्दा लाग्छ, सामुदायीकता र समावेशीताको कुरा जात्राहरुले उहिल्यै उठाएका रहेछन् , कम्युनिष्ट मुढ ग्रन्थ दास क्यापिटलबाट आएको रहेनछ । हामीले हाम्रै कस्तुरी थाहा नपाएका रहेछौं ।

मह पनि निस्कने, परागसेचन पनि हुने र ध्वंष पनि नहुने साँस्कृतिक आदानप्रदानमा आधारीत पर्यटन नेपालीका लागी नगदे बाली हो । यो बिराट संस्कृतिको देखीने पाटोनै र मुखियानै जात्रा हो ।

एउटा कुरा के बुझ्नु जरुरी छ भने हो संस्कृति र प्रकृति हाम्रो सम्पत्ति शो र यसैलाई संरक्षण र सम्बर्धन गरेरनै कमाउने र रमाउने हो । तर पनि पर्यटन बर्षमा पाहुना भनेका बिदेशी पर्यटकहरु हुन् जो प्रकृति र संस्कृतिलाई प्रतिनिधि आकर्षण मानेर मान्छेसँगको अन्तरक्रियाका लागी नै नेपाल आउने हुन् । यसैले हामीले मान्छे/मान्छे बिचको अन्तरक्रिया अझ सघन बनाउनुपर्ने देखीन्छ । अनि यहाँको खाना र मुस्कानलाई पनि प्रबर्धन गर्नुपर्ने देखीन्छ ।

प्रकृति संस्कृति, ईतिहास र बिबिधताले भरीपूर्ण नेपाल अब सम्भावना र समृद्धिले भरीपूर्ण हुनुपर्छ । संस्कृति प्रबर्धन त्यस तर्फ अग्रसर पाईला हुनसक्छ ।

हाम्रा पुर्खाहरुको सामथ्र्य, चेतना र दुरदर्शिताले निमार्ण गरेका मुर्त तथा अमुर्त सम्पदाहरुको संरक्षण र सम्बर्धन गर्नु हाम्रो कर्तब्य आउँछ ।

र अन्त्यमा,
किर्तिपुरको नगाउँ अन्तरगतको बालकुमारी जात्रा अन्तरगतको ढाल्चा ख्यस् यानी काम्ने जात्रा गर्ने र सिकाउने गुर्जुहरुको कमि हुँदै छ । एउटा त उहाँहरुको उमेरले गर्दा जात्रा चलाउने जीम्मेवारीबाट अवकाश लिने बेला आएको अनि धेरै जसो असक्त भएको स्थीति पनि । यस्ता गुर्जुहरुको संख्यामा ३५ देखी ४० जना मात्रै जीवित हुनुहुन्छ । अब उनीहरुको कौशललाई पुस्तान्तरण गर्नुपर्ने बेला भईसक्यो जसका लागी सरकारी तवरबाटनै तालीमको बिशेष ब्यवस्था सहितको उपयुक्त कदम चालिनुपर्ने आवश्यक देखीन्छ ।

२०७२ को भुकम्प पछि नेपाल ध्वष्त भएको अतिरन्जीत खबर र कुप्रचार जो बिदेशी संचारमाध्यमले गरे त्यसको नकरात्मक प्रभाव पर्यटन उध्योगमा परेको देखीन्छ । यसैका कारण पनि कम पर्यटक आउन थालेका छन् त्यसमा पनि बेखर्ची पर्यटक । पर्यटन उध्योग सेवामुलक ब्यवसाय हो र सेवादिने तौर/तरीकामा तालीम र प्रशिक्षण भएन भने पर्यटकहरु फेरी फर्केर आउँदैनन् ।

यता जात्राको समयमा स्थानिय टोलहरुको सरसफाई, बाहिर बाट आएका पाहुनाहरुको बन्दोबस्ती खानपान र स्थानिय मान्छेको सहयोगको गुणस्तर उकास्न बिभिन्न तालिमहरु आवश्यक देखीएको छ ।
बोडेको जीब्रो छेड्ने जस्तो कठिन जात्राको जीब्रो छेडाउने स्वयम्सेवी र उहाँको परीवारको सम्पूर्ण स्वास्थ्य बिमा सरकार या सरोकारवाला निकायलेनै गरीनुपर्ने देखिन्छ । गाउँ र समाजको समृद्धि र शान्तिका लागी तिन दिन निराहार बसेर, अघोरै पिडा सहेर जीब्रो छेडाउनेहरुमा केही मनोशारीरीक (Psychosomatic) समस्याहरु देखापरेको छ ।

(लेखकको दृष्टि प्राकृतिक अवलोकनमा आधारीत केहि अध्ययनहरु र सरोकारवालाहरुसँगको प्रत्यक्ष भेटघाट, भलाकुसारी, अन्तरक्रिया, अन्तरवार्ताबाट बिशेषत खोकनाको सिकाली जात्रा , सुनाकोठी, ललितपुरको बालकुमारी जात्रा र किर्तिपुरको सातगाउँले जात्राको अवलोकन र सम्बन्धित मान्छेहरुसँगको भलाकुसारी), बोडे, मध्यपुर ठिमी र भक्तपुरको बिश्केट जात्रा संग सम्बन्धित प्राथमिक अनुसन्धानका केही गुणात्मक तथा तथ्यमा आधारीत सूचनालाई आधार बनाएर यो लेख तयार पारीएको छ ।
________________________________________
यस अध्ययनमा निम्न सन्दर्भ सामाग्री र स्रोत ब्यक्तिहरुको सहयोग लिइएको छ ।
१) दिपेन्द्र डंगोल, खोकना ललितपुर
२) राधे महर्जन, सुनाकोठि ललतिपुर
३) अर्जुन महर्जन, सालिक, पाँगा, किर्तिपुर
४) प्रयागमान प्रधान, नयाँबजार, किर्तिपुर
५) संजीब र शर्मिला महर्जन, उमामहेश्वर मन्दिर , किर्तिपुर
६) योगेश महर्जन, पाँगा, किर्तिपुर
७) प्रा. डा डिल्लीराज शर्मा ,सिनास, त्रीभुवन बिश्वबिधालय, किर्तिपुर
८) ओम धौभडेल, भक्तपुर
९) जुजुभाई बसान श्रेष्ठ, बोडे, मध्यपुर थिमी, भक्तपुर
१०) अर्जुन श्रेष्ठ र बिकेश श्रेष्ठ,, प्रचण्ड भैरव मन्दिर, बालकुमारी ठिमी, भक्तपुर
११) प्रा. डा पुरुषोत्तम लोचन श्रेष्ठ, ख्वप कलेज, डेकोचा, भक्तपुर
१२) सजनि शाक्य, पूर्व कुमारी, प्रशन्नशील महाबिहार, भक्तपुर
१३) मानरत्न बज्राचार्य, बुंगमति (हालकि बुगंमति कुमारी कृपा बज्राचार्यका पिता)

शोधकर्ता तथा लेखक – राज बश्याल

 

सम्बन्धित समाचार