बुधबार , भाद्र ३१, २०८३

चट्याङ लागेर सप्तरीमा दुई जनाको ज्यान गयो

image

काठमाडौं । सप्तरीको बोदे बर्साइन नगरपालिका–३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बोदे बर्साइन नगरपालिका–३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव छन् ।

दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला दुबै जनासँगै रहेको बेला चट्याङ लागेको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा.लि लग्ने क्रममा बाटोमै ज्यान गएको हो ।

सम्बन्धित समाचार