काठमाडौं । मंगलबार काठमाडौंमा आफैँमाथि आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की कीर्तिपुर अस्पताल पुगेकी छिन् ।
कार्कीले उनको उपचारमा कुनै कमी नगर्न अस्पताललाई निर्देशन दिएकी छिन् ।
इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए । स्थानीय र प्रहरीले उनको उद्धार गरेको थियो ।
उनलाई कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छैन ।