काठमाडौं । विश्वव्यापी कोरोना महामारीबाट थला परेको पर्यटन क्षेत्र महामारी मत्थर हुँदै गएपछि विस्तारै चलायमान हुँदै गएको छ । सन् २०२२ को जनवरीदेखि यता ८ महिनामा नेपालमा ३ लाख २३ हजार भन्दा बढी पर्यटक आएका छन् । पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र गतिशील बन्न थालेको छ भने पर्यटन व्यवसायीहरू उत्साहित देखिएका छन् ।
पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङकअनुसार पछिल्लो आठ महिनामा नेपालमा तीन लाख २३ हजार चार सय २६ जना पर्यटक नेपाल भित्रिएका छन् ।
कुन महिना कति पर्यटक भित्रिए ?
जनवरी– १६ हजार ९७५
फेब्रुअरी–१९ हजार ७६६
मार्च–४२ हजार ६
अप्रिल–५८ हजार ३४८
मे–५३ हजार ६०८
जुन–४६ हजार ९५७
जुलाई–४४ हजार ४६२
अगस्ट–४१ हजार ३०४
जम्मा-३२३,४२६