मंगलबार , भाद्र ९, २०८३

तुलसीपुर उपमहानगर-१७ को निर्वाचन जेठ ३ गते

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को निर्वाचनको मिति सरेको छ ।

image

काठमाडौं ।  दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को निर्वाचनको मिति सरेको छ । वैशाख ३० गते देशभरि हुने भनिएको स्थानीय तहको निर्वाचन तुलसीपुर उपमहानगर-१७मा भने नहुने भएको छ ।

सो ठाउँ वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन मिति सरेको हो । अब सो वडामा जेठ ३ गते निर्वाचन हुनेछ । तुलसीपुर-१७ मा सोमबार राति एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएको हो । सो वडामा मतदाताहरूले मेयर, उपमेयरका लागि पनि जेठ ३ गते नै मतदान गर्नेछन् । जेठ ३ गते वडा नं-१७ को मतदान सकिएपछि मात्रै तुलसीपुर उपमहानगरको मतगणना गरिने जनाइएको छ ।

 

Tags:

सम्बन्धित समाचार