Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function wp_enqueue_script was called incorrectly. Scripts and styles should not be registered or enqueued until the wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function wp_enqueue_script was called incorrectly. Scripts and styles should not be registered or enqueued until the wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function wp_enqueue_style was called incorrectly. Scripts and styles should not be registered or enqueued until the wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function is_feed was called incorrectly. Conditional query tags do not work before the query is run. Before then, they always return false. Please see Debugging in WordPress for more information. (This message was added in version 3.1.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function is_feed was called incorrectly. Conditional query tags do not work before the query is run. Before then, they always return false. Please see Debugging in WordPress for more information. (This message was added in version 3.1.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function is_feed was called incorrectly. Conditional query tags do not work before the query is run. Before then, they always return false. Please see Debugging in WordPress for more information. (This message was added in version 3.1.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function is_feed was called incorrectly. Conditional query tags do not work before the query is run. Before then, they always return false. Please see Debugging in WordPress for more information. (This message was added in version 3.1.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
नलेखिएको कथा : जनयुद्धको त्यो कहर
Notice: Undefined variable: num in /home/himaldar/public_html/wp-content/themes/himaldarpan/functions.php on line 195

शुक्रबार , जेठ २९, २०८३

नलेखिएको कथा : जनयुद्धको त्यो कहर

image

अशोक शर्मा भट्ट।

म मेरी आमासँग खेल्दै रमाउने गर्थे, आमाको गाली पिटाई पनि प्यारो लाग्थ्यो । कहिलेकाहिँ त स्कुल छोडेर बुढीगण्डकी खोलामा पौडी खेलेर आउने पनि गरिन्थ्यो । स्कुल जाँदा कहिले काहीँ मकै पिस्‍न मेलमा लैजाने पालो  मेरो नै पर्ने गथ्र्यो । साथीहरुसँग मिलनसार भएर मित्रता गर्ने र खेलहरुमा विशेष चासो राख्ने मेरो बानी थियो । भाईबहिनीको सिंगारपटारदेखि स्कुल ल्याउने लैजाने जिम्मेवारी बहन गर्नुपर्ने म घरमा आमालाई सघाउने मकै गोड्ने, भैँसीलाई पानी दिने, घाँस काट्ने काम गर्न पनि पछि पर्दिनथे । घरमा आउने पाहुनालाई विशेष सत्कार गर्ने मेरो राम्रो बानी थियो ।

समय २०५२ सालको हो, मेरो दाईलाई केही मान्छे खोज्दै आए, हिउँदको बेला भएकाले खासै घरमा काम थिएन । म केही साथीहरुसँग खेल्न नदीको किनार गएको थिए । किनारामा नै पुगेर दाई कता छन् भन्दै सोधे । मैले भने दाई बुबालाई भेट्न बजार जानुभएको छ । मेरो बुबा मालपोतमा जागिरे हुनुहुन्थ्यो । एउटा दाई बुबासँग बस्थे भने अर्को चाहिँ कहिले गाउँ कहिले सहर गर्थे ।

गफैगफमा म उनीहरुसँग नजिक भएसँगै भलिबल खेलियो । रात परेपछि उनीहरु ल बाबु फेरी आउँला दाईलाई भनिदिनु भन्दै गए ।

३ दिनपछि दाई आउनुभयो । दाई हजुरलाई २ जना मान्छे भेट्न आएको खबर सुनाईदिए । दाईले कोही होलान् भन्नुभयो ।

नदिको किनार अनि जंगलको छेउको रहेको एक्लो घर । घरमा धेरुै जसो आमा म भाईबहिनी हुन्थ्यौं, आमा धेरै जसो बारीमा बिहानदेखि बेलुकासम्म काम गर्नुहुन्थ्यो ।

समय यसरी नै बित्दै थिए, कहिलेकाहिँ नयाँ मान्छेहरु घरमा आउने क्रम पनि बढ्न थाल्यो । धेरैजसो साँझमा आउने र आएपछि २/३ दिन घरमा बस्दा घरको भित्रदेखि बाहिर जे पनि काम गर्ने हाम्रो घरको सदस्य जस्तै सबै काम गर्ने उनीहरुको बानीले हामी सबै प्रभावित भइसकेका थिएम ।

आमा कहिलेकाहिँ भन्नुहुन्थ्यो, खासमा आउने पाहुना भगवान हुन् सत्कार गर्नुपर्छ, अनि उनीहरु भन्थे आमा हामीलाई पराई होइन् आफ्नै छोराछोरी मान्नुस। पाहुना बनाए हामी कहिल्यै आउँदैनौं । विचरी मेरी आमा रुँदै भन्नुहुन्थ्यो बाबुनानी मेरो आड आदर आफ्नो भन्ने कोही छैन् । नदिको छेउको एक्लो घर आँगनबाट लाश जलाएको देखिन्थ्यो । मेरो बुबाको भाईहरु यति काइदा थिए कि हामीलाई एक्लै पाए मार्न पछि नपर्ने । आफ्ना छोराछोरीलाई उस्काएर गाउँमा मोही लिन जाँदा बाल्टीमा पिसाब फेर्नसम्म पछि परेनन् ।

अरुलाई उस्काएर घरमा कुट्न आउने, मकैबारीमा गाईवस्तु चराइदिने जस्ता काम उनीहरुको लागि सामान्य नै थियो । आमालाई उनीहरुको त्यो आड उति नै भरोसा मन हुँदै गयो । हामी ति अपरिचित मान्छेहरुसँग यति नजिक भयौं कि सिमा नै भएन् ।

कहिलेकाहिँ मेरो बुबालाई सेनाले उपहार भनेर रातो तारबाल सिपाही जस्ता उपन्यासहरु दिन्थे । अति नै रोचक तरिकाले पढ्ने गर्थे । अनि म सँग भलिबल खेल्न आउने मेरा साथीहरुलाई चोर पुलिस खेल खेलाउँथे । कहिले देश परिवर्तनका कुरा गर्थे ।

समय यसरी नै बित्दै थिए, कहिलेकाहिँ नयाँ मान्छेहरु घरमा आउने क्रम पनि बढ्न थाल्यो । धेरैजसो साँझमा आउने र आएपछि २/३ दिन घरमा बस्दा घरको भित्रदेखि बाहिर जे पनि गर्ने हाम्रो घरको सदस्य जस्तै सबै काम गर्ने उनीहरुको बानीले हामी सबै प्रभावित भइयो ।

प्रायजसो सबैलाई मेरो भाईहरु ठूलो भएपछि के बन्ने भन्ने गर्थे । मेरो जवाफ सँधै आर्मी अफिसर या खेलाडी भन्ने गर्थे । अनि भन्ने गर्थे शाही सेना हैन जनसेना जनताको आर्मी बन्नुपर्छ ल भन्थे, अनि म हुन्छ । म धेरै पढेर दाईलाई भन्थे, उनीहरुबाट फेरी जवाफ आउँथ्यो, बाबु पढेर मान्छेले केही गर्न सक्दैन्, अक्षर चिने पुग्छ यो बुर्जुवा व्यवस्था नै खराब छ ।

यहाँ जनताको व्यवस्था अर्थात जनवादी व्यवस्थाको खाँचो छ । त्यो व्यवस्था हाम्रो लागि हो त्यो एकदिन आउँछ । अनि तिमी हामीले धेरै गर्न सक्छौं । जनवादी व्यवस्था, जनवादी आर्मी, जनवादी शिक्षा मैले सोधें दाई त्यस्तो पनि हुन्छ र ? हुन्छ पक्कै हुन्छ हामी ति मान्छेहरुको खोजीमा छौं जो नारीलाई सम्मान गर्छ, जो असल समाज निर्माण गर्छ, जनवादी आर्मी बनाउँछ, जनताको सरकार बनाउँछ, जनवादी शिक्षा ल्याउँछ, हामी सबै मिलेर तिनीहरुलाई सहयोग गर्नुपर्छ ल बाबु भने ।
मैले हुन्छ, भने अनि खाना खाएर सुत्न गएँ । केही बेरमा गाउँका एक जना दाई आउनुभयो, एक जना मान्छे लिएर । उनीहरुलाई उठाउनुभयो, केही कानेखुसी गरेर मलाई बोलाउनुभयो, अनि भन्नुभयो बाबु दाईहरुलाई मैदीसम्म छोडेर आउन । मैले नकार्न सकिन् हुन्छ, भने आमालाई नभन्नु बिहानखेरी गए हतार हुन्छ केही दिनमा आउँछन् रे भन्नु ल बाबु दाईहरुलाई राम्रोसँग छोड्न भने, म र उनीहरु निस्कियौं ।

म अघि–अघि उनीहरु पछि–पछि ५ कक्षामा पढ्ने म सानो फुच्चे मेरो भरमा उनीहरु हिँडेको देख्दा त कहिलेकति डरपक रैछ भन्थे कहिले किन होला सोच्थे । लाइट नबाली नबोली हिँड्नुपर्ने कहिले खोलामा परिन्थ्यो त कहिले ढुंगामा ठोकिन्थ्यो । कहिले हातमा चोट त कहिले खुट्टामा चोट लाग्‍नु मेरो लागि सामान्य भइसकेको थियो ।

करिब २ घण्टाको रातको यात्रापछि मैदी पुगियो । मलाई धन्यवाद बाबु तिमी जनताको आर्मी हुनुपर्छ भने, ल दाई भनेर म कुलेलाम ठोके । सालघारी घनाजंगल कतै नरोकी किन ठेस लाग्दा पनि बाल नगरी म घर आएर सुतें । सँधै जस्तो घरको काम सकोस्, स्कुल गए स्कुलमा गएर कुरा हुन थाल्यो । मेरो दाई माओवादी गुरिल्ला हुन् अरे पुलिसले माओवादीलाई र गुरिल्लालाई मार्छ अरे समातेर कुट्ने हातखुट्टा भाँच्ने गर्छ अरे मेरो दाईलाई पनि माओवादी भनेर समातेको छ अरे हामीलाई थाहा थिएन दाई माओवादीसँग नजिक भएको रहेछ ।

गोरखाबजार आउँदा जाँदा जनादेश भन्ने पत्रिका र माओवादीका कागजपत्र बोक्दो रहेछ । बतासेको दंगा प्रहरीले समातेर हातखुट्टा भाँचेर लगेको छ भन्ने सुने म स्कुलको पढाईको मतलब नगरी घर फर्किए । बाटोमा आमा रुँदै जानुभएको रहेछ, बाबु भाईबहिनीलाई राम्रोसँग हेरविचार गरेस् भन्दै मलाई सुम्सुम्याउँदै आमा रुँदै जानुभयो । यो घटना २०५४ सालतिर को हो । म रुँदै घर पुगेपछि समयद दुखको कुनै सिमा भएन । हिजो घरमा आउने सबैलाई दाईको बारेमा थाहा हुनुपर्छ भन्ने लाग्यो ।

मैले गर्न सक्ने भनेको रुनु शिवाय अरु केही थिएन । आमा साँझ आउनुभएन् । राती १२ बजेसम्म आमा आउनुहोला भन्दाभन्दै बाहिर पिँढीमा म मेरी ठूलो भाईबहिनी र कान्छो भाई निदाएछौं ।
ढोका खुल्लै रहेछ, राति करिब २ बजेतिर २०/२५ जना को टाटेपाटे लुगा लगाउनेहरु मान्छेहरु आए कोही चक्लेट दिएर सोध्छ हाम्रो साथीहरु कहाँ छ, कोही लौरा र राइफल हानेर सोध्दै को–को आउँछ, क–कसलाई पाल्छस् ?

जीवनमा त्यो भन्दा दुखको दिन नै थिएन मेरो लागि ३ वर्षको भाई आफैं भुईंमा निदाएको दिन अन्जान ति मान्छेहरु पिढीँमा सुतेका बच्चालाई फकाएर भित्र सुताउनु त पर जाओस् भर्खर कोही निस्केर कुट्ने कति महान थिए उनीहरु । आमा आउने आशामा अलपत्र परेका बच्चालाई लछारपछार गर्ने । १ घण्टा जति लछारपछार गरे र मलाई थर्काए । अनि कोही आयो भने भन्न आईज हामी नजिकै हुन्छौं भन्दै गए । एउटा चाहिँ पछि आएर बाबु खाना खाउ भाईबहिनीलाई खुवाउ र सुत, आमा भोलि आउनुहुन्छ भन्दै गयो ।

मनमनै यस्तो लाग्यो राक्षसहरुसँग मान्छे आएको आभाष भयो । अनि भाईबहिनी धेरैबेर सम्म रोए, मेरो पनि रुनु शिवाय अरु केही थिएन् ।

धेरै बेरसँग रोए, अनि खाना खाएर सुतें भोलिपल्ट १० बजेतिर उठिएछ । भैंसीबाख्रा कराउँदै थिए, केही गर्न मन थिएन् केही बेरपछि गाउँका एक जना दाई आउनुभयो । बाबु पिर नगर आमा आउनुहुन्छ दाईलाई हामी लिएर आउँछौं नरोऊ हामी छौं भन्नुभयो । कोही आयो सोध्यो भने हाम्रो घरमा कोही आउँदैन् भन्नु हामी कसैलाई चिन्दैनै भन्नु ल भन्नुभयो ।

हुन्छ भने । त्यसपछि दाई जानुभयो घरको काम गरेर भाईबहिनीलाई खाना खुवाई गरे आमा आउनुभएन् । २ दिनपछि आमाबुबा रुँदै आउनुभयो । मैले आजसम्म जीवनमा बुबालाई २ पल्ट रोएको देखेको छु ।

त्यो पीडा मेरो लागि धेरै ठूलो पीडा बनेको छ । बुबाआमा फेरी जानुभयो । दाईलाई ल्याउन सकिन्छ कि भनेर धेरै कोसिस गर्नुभयो सकिएन् ।

हुँदाहुँदै महिनै बित्यो फेरी पुरानो तरिकाले हाम्रो दिनहरु बित्न थाल्यो दाईलाई गोरखा जेल चलान गर्यौ । साथीहरु आउँदा राम्रो व्यवहार गर्नु, पुलिसलाई केही नभन्नु आमाको एउटै कुरा हुन्थ्यो बाबु छोड्दे सबै । तिमीहरु ५ भाई छौ अरु किन खोज्छस् बुबा भन्नुहुन्थ्यो । जे भयो भयो अब राम्रो सोच दाई ल हुन्छ भन्यौं । तर म सँग साथीहरुको बारेमा सोध्ने गर्उयौं म भन्थे ।

चिठी आदानप्रदान पनि गरें, मैले स्कुलमा माओवादीको भाई भनेर कुटाई खाए, अनि बुबाआमाले गोरखा बजारमा सबैलाई पढाउने निर्णय गर्नुभयो । भाई बहिनी र म गोरखा बजार गयौं । आमा एक्लै गाउँको घरमा हुनुहुन्थ्यो । एउटा दाई बुबासँगै गोरखामा बस्ने गर्यौ । अर्को जेलमा ।

गोरखा पढ्न थालेपछि म शुक्रबार धेरै जसो गाउँको घर जाने गर्थे । गाडी नजाने भएकाले हिँड्दै जानुपर्यो । करिब ३/४ घण्टा हिँडेपछि घर पुगिन्छ । बतासे भन्ने ठाउँमा इप्रका पनि थियो । म जाने आउने क्रममा मलाई कसले चिनाइदियो कुन्नि सँधै जसो चेक गर्ने, थर्काउने त सामान्य थियो ।
कहिले पिडालुभित्र बम छ भन्दै काट्ने, कहिलेकाहिँ घिउको बाल्टीमा बम छ भन्दै राइफल गाडिदिनेसम्म मेरो लागि सामान्य थियो । करिब २ वर्षको जेल बसाईपछि बुबाले दाईले धरौटीमा छुटाउनुभयो । दाई निस्केपछि हामी खुसी थियौं, दाई निस्केको केही दिन घर बसेर बुबा जानुभयो । मलाई दाईसँग आइज भन्नुभयो । दाई र म गोरखा बजार जाँदै थियौं १ घण्टा जति हिँडेपछि एक जना मान्छे भेट भयो । अभिवादन कमरेड भन्यो, तपाई जानुपर्यो, तपाईंको धेरै लगाव छ नछोड्नु । आन्दोलन हाम्रो मुक्तिको लागि हो भने दाईले मलाई भने म जान्छु तँ जा ल भन्नुभयो ।

हुन्छ भने मेरो लागि अरु कुनै बाटो थिएन् २०५६ सालतिरको कुरो हो, बुबाले बेलुका मलाई दाई खोही भनेर सोध्नुभयो, मैले साथीहरुसँग गएको छ, आउँछ होला भने । दिन अनि रात गर्दै धेरै दिन रात बुबाले सोध्नुभयो, खै त खै त केही दिन पछि म गाउँ गए । घरमा आमालाई भेट्न । केही मान्छेहरु घरमा थिए घरको बार्दलीमा ६/७ वटा जति हतियार राखेको रैछ, मलाई डर लाग्यो ।

जीवनमा अहिलेसम्म डर लागेको त्यो नै सबैभन्दा ठूलो र भयानक डर हो । मैले डराउँदै सोधें आमा खै त ? उनीहरुले भने बाबु आमा गाउँमा जानुभएको छ । केही मान्छेहरुले रातीमा घरको जस्तामा ढुंगाले हान्ने बाँधेको भैंसीलाई कुट्ने जस्ता कार्य गरेका थिए ।

मनमा केही शान्ति मिल्यो मेरो आमाले जीवनभर दुख पीडा भन्दा नपाउने भइन् । विचरा म के नै गर्न सक्थे र ! केही बेरमा आमा आउनुभयो आमालाई खुसुक्क भने बन्दुक छ आमा, को हो आमा रिसाउँदै भन्नुभयो तेरो दाईको साथीहरु नि माओवादी हो अरे दाईलाई पठाइस् हैन् भन्नुभयो ।

म धेरैबेर रोएँ, मनमनै पिर पनि पर्यो, खै के हुने हो अब ? अनि त्यही दिन राती मैले चिनेका रातिमा ठाउँ–ठाउँ पुर्याएको मान्छेहरु पनि आए अनि भन्न थाले बाबु अब साँच्चै जनवाद आउँछ, हामी सबै तयार हुनुपर्छ । यो देशमा साम्राज्यवादी विस्तारवादी र पुँजिवादीहरुले राज गरेका छन् । सयौं वर्षदेखि जरो गाडेका छन् त्यो व्यवस्था र दलालहरुलाई यो देशबाट नै लखट्नुपर्छ ।

जनताको जनवादी व्यवस्थालाई सपोर्ट गर्नुपर्छ । हामीले लडेनौं भनेर हामीले राम्रो पहल गरे नै हामी नेपाली हैन् भारतको गुलाम हुनुपर्छ । हाम्रो चेली, खसी, घ्यू राम्रा राम्रा सबै दलाललाई हुन्छ फेरी बाबु भने होला जस्तो लाग्थ्यो । २ दिन यस्तै यस्तै कुरा भयो म बजारतिर लागें । बिहानै उठेर जाँदै थिए, बतासे इप्रकामा मलाई रोकेर भने माओवादीको चेला भन्दै सामान पोखिदिए । २ दिनको माओवादीसँगको बसाई बुबाले कहिलकाँहि गर्ने, दुकुमी शासनको कुरा अनि पुलिसको त्यो पीडा मेरो लागि धेरै दर्दनाक बन्न पुग्यो ।

पुलिसलाई मनमनै पख भन्न थालें । त्यो दिन गोरखा पुगें । भोलिपल्ट स्कुलमा नाम सोध्दै पुलिस आएछ ठूलो अपराध गरेको महसुस भयो । ३ बजेतिर जिप्रका लगेर कुटे, माओवादी कहाँ छ भनेर ।

मैले भने म चिन्दिन गाली गर्दै कुटे, मैले केही भन्न सकिन्न त्यसपिछि घर गएँ । मनममै धेरै कुराहरु खोल्न थाले । म के गरुँ तिन चार दिनपछि फेरी गाउँ गए । माओवादी खोज्न हिँडे, दर्बुङ चिया बाजेको मा गएँ । भेटे अनि मैले त्यो दिन सोधे माओवादी किन हो के का लागि हो ? अगाडि आउने दाईहरु कता छन् ?

नारायण उपाध्यय क. दिपक भन्ने सहिद हुनुभयो अरे उहाँको सपना पूरा गर्नुछ । अब हामीलाई पनि मार्छ, पुलिस भनेको यो देशका दलालहरुको भरौटे हो मतियार हो । जनसत्ताको दुष्मन हो ।

मान्तीको मित्र हो । यस्तै कुराले मन गहिरियो, म बजार गएर पढ्न थालें । फेरी केही दिनपछि दिपक देवकोटा क. विकल्प मेरो गाउँका दाई थिए । उनलाई पुलिसले स्कुलको डे«स लगाएर गोली हानि मार्यों भनेको सुने । म पछि गाउँ गएँ, दाईलाई पनि भेटें, दाईका थुप्रै साथीहरुलाई पनि भेटें ।

सबै जना हरियो पोसाकमा थिए । साथमा बन्दुक थियो । नारायण उपाध्यय, कमरेड दिपकसँग आउने धेरैलाई म त्यहाँ देख्दै थिएँ । मलाई चम्कीलो तारावाल सिपाही किताब दिने दाई थिए । त्यो पढेर मैले उनीसँग जनवाद कहिले आउँछ ? भनेर सोध्दा उनको जवाफ थियो, मैदीको जंगलतिर देखाएर बाबु त्यो पारी पाखामा राता फुलहरु फुलेपछि बिहानीको सुर्यले जनबोली बोलेपछि… मलाई त्यो दिन आज पनि या छ मेरो आमासँग बासी भात मागेर खाएर गएका ।

उनीहरु कहिल्यै आएनन् । म उनीलाई दिनदिनै सम्झिन्थे । उनका कुरा गर्थे त्यो दिन अति नै पीडा भयो । झन मैदीको पाखातिर हेर्दै राता फुलहरु फुल्ने आशा गरे सूर्यले जनबोली बोल्ने सपना देखे फेरी आफ्नो काममा लागें ।

केही समयपछि फेरी पुलिसको पिटाई खानुपर्यो, त्यसपछि मैले निर्णय गरें कि मरियला कि मारिएला ? माओवादी हुनुको अर्को विकल्प छैन् । सामन्ती दलाल पूजिँवादीको विरुद्व म पनि लडाईं लड्छु । भरौटेहरुलाई सखाप पार्छु भन्दै मेरो माओवादी मिलिसिया जीवन सुरु भयो ।  (लेखक पूर्व माओवादी लडाकु हुन् । )

Tags:

सम्बन्धित समाचार