युवा सङ्घका नेता कुमार थापामाथि चितवनको खैरहनीमा धारिलो हतियार प्रहार गरिएको छ ।
काठमाडौं । युवा सङ्घका नेता कुमार थापामाथि चितवनको खैरहनीमा धारिलो हतियार प्रहार गरिएको छ । अज्ञात व्यक्तिहरूबाट भएको उक्त प्रहारबाट थापा गम्भीर घाइते भएको जनाइएको छ । उनको टाउको, हात र गोडामा गहिरो चोट लागेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माका अनुसार खैरहनी–८ स्थित आफ्नै घर नजिकै उनीमाथि हतियार प्रहार भएको हो ।
खैरहनी–८ स्थित आफ्नै घर नजिकै उनीमाथि हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले जानकारी दिए । घटनाको अनुसन्धान गर्न केही व्यक्तिलाई पक्राउ गरिएको जनाइएको छ ।
एक वर्षअघि नेपाली काँग्रेसबाट एमाले प्रवेश गरेका थापालाई राजनीतिक प्रतिशोधका कारण हमला गरिएको प्रहरीले अनुमान गरेको छ ।