बुधबार , कार्तिक १२, २०८३

बाँदरहरू पनि पोलेको मकै खान्छन् !

image

‘बाँदरले मकै खाइदिएपछि गाविसमा राहत माग’, ‘बाँदर आतंकले मकैबारी रित्तो’, ‘बाँदरबाट मकै जोगाउनै धौधौ’, ‘बाँदर धपाउने नयाँ प्रविधि सिक्दै किसान’ जस्ता शीर्षकहरू समाचारमाध्यममा छाइरहेकै हुन् । तर, बाँदरहरूलाई सो कुराको के वास्ता ?  बाँदरले मात्रै होइन; बँदेल, दुम्सीका साथै लोपोन्मुख वन्यजन्तु हात्ती, गैंडाले पनि किसानको सातो लिइरहेकै छन् । वन्यजन्तुकै कारण खेतीपाती गर्न नसकिएका कथाहरू पनि राष्ट्रिय अखबार बनिरहेकै छन् ।

यी त गाउँका कुराहरू भए, शहरमा पनि बाँदर आतंक कम छैन । सम्पदा स्थलवरपर बाँदरले फुटपाथ व्यापारी, चिया व्यापारी र भिजिटरको सातो लिइरहेकै हुन्छन् । पशुपति, स्वयम्भू, युएन पार्क जस्ता शहरको श्वास फेर्ने ठाउँ बनिरहेका स्थान वरपर बाँदरहरूले आफ्नो बदलिएको खानपान शैली र अन्दाज-ए-बयाँ (बानीव्यहोरा) प्रदर्शन गरिरहेका हुन्छन् ।

परिवर्तनशील सामाजिक परिवेश, बढ्दो जनसङ्ख्या र मानवीय गतिविधिका कारण भविष्यमा मानव-बाँदर द्वन्द्व झनै बढ्ने देखिन्छ भनेर विज्ञहरू टाउको दुखाउँछन् तर, बाँदरहरू भने तिनै विज्ञहरूको कट्टु तान्न बेर ल्याउँदैनन् । शहरका बाँदरहरू उदण्डता, आक्रोश र छटपटाहट बढ्दै गएको देख्न सकिन्छ ।

नेपालको ४४ प्रतिशत  भूभाग बाँदरको लागि अनुकुल छ । काठमाडौं शहरको मध्यभागमा रहेको थापाथाली-कुपन्डोल क्षेत्र त झनै उपयुक्त छ । किनभने टेकु दोभान र थापाथली क्षेत्रमा १० भन्दा बढी घाटहरू, थुप्रै शवदाह गृहहरू, सत्तलहरू र मन्दिरहरू छन् । यिनै मन्दिर, सत्तलहरूमा उफ्राउफ्री गरिरहेका यी बाँदरहरू बिहिबार मध्यान्हको गुठि संस्थान शाखाको बाहिर पोलेको मकै खाइरहेका थिए । हेर्नुहोस् फोटोहरू:

े

सम्बन्धित समाचार