शुक्रबार , अषोज १४, २०७९

तस्बीरमा हेर्नुहोस् बौ:मत: जात्रा

बौ:मत: बाँसका ससाना टुक्रा जोडी त्यसमाथि गोबरले लिपेर तयार गरिन्छ । गोबरले लिपेको यस बाँसमाथि माटोको दियो (पाल्चा) बालेर नगर परिक्रमा गरिन्छ ।

image

बौ:मत: बाँसका ससाना टुक्रा जोडी त्यसमाथि गोबरले लिपेर तयार गरिन्छ । गोबरले लिपेको यस बाँसमाथि माटोको दियो (पाल्चा) बालेर नगर परिक्रमा गरिन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्ने गर्छन् ।

काष्ठपण्डपको भुतिसत्तलबाट बौ:मत: भनी बाँसमा मिलाएर लहरै बत्ती बालेर बनाएको एक किसिमको बत्तिलाई नगर घुमाउने गरिन्छ । यसलाई दागिंले बाटोमा कोहि छुटेको छ कि, अलपत्र भएको छ कि भनि फेरि हेर्न पठाएको भन्ने जनविश्वास रहिआएको पाइन्छ । बाँसले बनाइएको ३० फीट लामो नर्कटको खटमा रहेको माटाको पालामा बत्ती बालेर भोलिपल्ट हिड्ने कुमारीको मार्गमा नगरपरिक्रमा गराइन्छ । यसबेला युवाले हाःहुः गरी निकै होहल्ला गर्नुपर्ने प्रचलन छ । बौ:मत: दर्शन गरेपछि दहचोकस्थित इन्द्रदहमा स्नान गर्ने चलन पनि रहेकाले कोहि राति इन्द्रदहतर्फ लाग्छन् ।

यो दीपयात्रा निकै लामो हुने भएकाले खण्ड खण्ड विभाजन गरि विभिन्न टोलका मानन्धरहरुलाई जिम्मा दिइएको हुन्छ ।

तस्बीर : Jalad Raj Baidhya

सम्बन्धित समाचार