काठमाडौं । नवरात्र अर्थात् विजयादशमी प्रारम्भ भएसँगै चहलपहल शुरू भएको छ भने काठमाडौंको असन क्षेत्रमा दशैं किनमेल गर्नेहरूको घुइँचो लागेको छ ।
घटस्थापनादेखि नै किनमेल गर्ने क्रम बढेको छ । असन क्षेत्रमा भने बिहानैदेखि किनमेल गर्नेहरूको चाप बढेको व्यापारीहरू बताउँछन् ।
न्यूरोड, असन लगायतका क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । भीडभाड बढ्न थालेपछि न्यूरोड जाने सवारी साधनलाई खुलामञ्चमै पार्किङ गर्ने व्यवस्था गरिएको छ ।










