हामीले तिनलाई हेर्ने भूगोल फेर्दै गर्दा आफूलाई फरक-फरक रूपमा प्रस्तुत गर्छन्, हिमाल । तर, एउटा कुरा चाहिँ पक्का हुन्छ, जताबाट हेरे पनि सुन्दर नै देखिन्छ, जुन रूपमा देखे पनि सुन्दरता चाहिँ घटेको हुँदैन ।
हिमाल जस्तै अग्लो ! अक्सर हिमाल भन्ने बित्तिकै उचाइको कुरा आउँछ । तर, हिमाललाई उचाइकै प्रतिविम्बको रूपमा मात्रै सम्झनु उसको अपमान हुनेछ । हिमाल सुन्दरताको प्रतीक पनि हो । हिमाललाई जति हेरे पनि हेरिरहूँ लाग्छ । यसको दृष्टिगोचर गर्नकै लागि संसारका मानिसहरू हामीकहाँ आइरहेछन् । सधैँ देखिरहे पनि हिमाललाई हेरेर कहाँ थाकेका छन् र हाम्रा नयनहरू ?
फरक-फरक भूगोलबाट हेर्दा एउटै हिमाललाई पनि फरक-फरक रूपमा देख्न सकिन्छ । हामीले तिनलाई हेर्ने भूगोल फेर्दै गर्दा आफूलाई फरक-फरक रूपमा प्रस्तुत गर्छन्, हिमाल । तर, एउटा कुरा चाहिँ पक्का हुन्छ, जताबाट हेरे पनि सुन्दर नै देखिन्छ, जुन रूपमा देखे पनि सुन्दरता चाहिँ घटेको हुँदैन ।
तलका दुबै तस्बिरहरुमा धौलागिरी हिमशृङ्खला अन्तर्गतका मानापाथी हिमाल (६,९२० मी) र धौलागिरी प्रथम (८,१६७ मी) देखिन्छन् । तर, फरक-फरक भूगाेलबाट हेर्दा फरक-फरक रूपमा देखिन्छन् ।

म्याग्दी जिल्ला, धौलागिरी गाउँपालिका, वडा नं. ७, मच्छिम अर्थात धौलागिरी हिमालको दक्षिणपश्चिम दिशाबाट लिइएको तस्बिर ।

म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका, वडा नं. ६, घारा अर्थात धौलागिरी हिमालको दक्षिणपूर्व दिशाबाट लिइएको तस्बिर ।