शुक्रबार , अषोज १४, २०७९

उपल्लो हुम्लाको ‘हाल्जी गाउँ’

image

हुम्लाको सुदुर–उत्तर लिमी गाविसमा तीनवटा गाउँ छन्– तिल, हाल्जी र जाङ । यीमध्ये हाल्जी ठूलो छ ।

हल्जी गाउँ समुद्री सतहबाट तीन हजार ६ सय ६० मिटर उँचाइमा छ । खेती किसानीले बाह्रै महिना जीवन नधान्ने हुँदा यहाँका वासिन्दाहरू ज्याला-मजदुरीका लागि  चीनको ताक्लाकोटसम्म पुग्ने गर्दछन् ।

तस्बीर : कुन्साङ

उपल्लो हुम्लास्थित हाल्जीमा ‘हाल्जी गुम्बा’ रहेको छ । दसौं शताब्दीमा बनेको यो गुम्बा जीर्णोद्धारको क्रममा रहेको छ । हाल्जी हुम्लाकै सबैभन्दा पुरानो गुम्बा भएको समेत मानिन्छ ।

जनबोलीमा हाल्जी गुम्बा भनिए पनि यसको खास नाम ‘ड्रिक्युङ काग्यु थुप्तेन रिन्छेलिङ गुम्बा’ हो । लिमीका तीन गाउँ, तिल, हाल्जी र जाङका बासिन्दा यसलाई मूल गुम्बा मान्छन् । गुम्बामा हाल्जीका प्रत्येक घरबाट त्यहाँ एक–एक जना टोपे (लामा) चढाउने चलन छ । दुई छोरा हुँदा कान्छो र तीन छोरा हुँदा माइलो अनिवार्य टोपे बन्नुपर्ने नियम छ ।

तस्बीर : कान्तिपुर

सम्बन्धित समाचार