बिहिबार , फागुण १७, २०८०

हरिहर सन्यास आश्रमको ‘गुरु भण्डारा’ (तस्बीरहरू)

image

धार्मिक तथा सांस्कृतिक एंव पवित्र तिर्थस्थल देवघाटधाम रहेको श्री हरिहर सन्यास आश्रममा माघ कृष्णअष्टमीका  दिन गुरु भण्डारा लाग्ने गर्दछ । माघ कृष्णअष्टमी समाधि तिथिका दिन ब्रम्हलिन स्वामी परमानन्दको वार्षिकी महोत्सवको अवसरमा यहाँ गुरु भण्डारा लाग्ने गर्दछ।

वि.सं. २०४० सालमा देवघाट आएका स्वामी परमानन्दले भक्तहरूको सहयोगबाट वर्मान हरिहर मन्दिरको जग्गा खरिद गरेका थिए । सद्गुरु परमार्थशिरोमणि, क्षेत्रीय, ब्रम्हनिष्ठ अनन्त शीविभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महराजले २०४५ साल वैशाख अक्षयतृतीयाका दिन मन्दिर शिलान्यास गरेका हुन् भने २०५१ साल आश्विन शुक्लपक्ष शारदीय नवरात्र पन्चमी त्तिथिका दिन उद्घाटन गरिएको हो ।

विभिन्न देवीदेवताको मूर्ति बहुलताका दृष्टिले नेपालकै सबैभन्दा ठुलो मानिने यस दुई तले मन्दिर (शिखरशैली) का ६ वटा कक्षमा विभिन्न देवीदेवताहरूका आकर्षक र भव्य मूर्ति राखिएका छन् ।

तस्बीर: हरिहर आश्रम

सम्बन्धित समाचार