बिहिबार , फागुण १७, २०८०

देवघाटको माघे संक्रान्ति (तस्बीरहरू)

image

माघे संक्रान्तिमा देवघाट किन आउनुपर्छ ? यस सम्बन्धमा मूलत: दुई कुरा भनिन्छ;

पहिलो- त्रिशुली नदि र काली गण्डकीको संगम यसै दिन भएकाले यस दिनमा देवघाटधामको विशेष महत्त्व भएको हो

दोस्रो- मकर संक्रान्ति प्रा: ब्रम्हमुहूर्तमा दुवै नदीको संगमस्थलमा दिव्य अमृत प्रवाहित हुने भएकाले त्यस समयमा यहाँको स्नानको विशेष महत्त्व भएको हो ।

यसबाहेक पनि यस दिन यस सङ्गममा आई स्नान गर्न सम्पूर्ण देवताहरू यहाँ आइपुग्ने विश्वास छ । साथसाथै वशिष्ठमुनिको जन्मजयन्तीको दिन माघे संक्रान्ति पर्ने भएकाले यहाँ सम्पूर्ण ऋषिमुनिहरू भेला हुने गर्छन् ।

धार्मिक विश्वासका साथसाथै विवाह, व्रतबन्ध, यद्य आदि सुभकार्य गर्नका लागि यस दिन उत्तरायणसमय मानिन्छ ।

मेलामा बौद्ध लामाहरूको उपस्थिति हुने गर्दछ । बौद्ध गुम्बा प्रतिवर्ष माघे संक्रान्तिको अवसरमा पौष २८ देखि ३ दिनको विश्वशान्ति पूजा हुने गर्दछ ।

आज तनहुँतर्फका गलेश्वरधाम, मणि मुकुन्देश्वर उद्यान पार्क, चक्रेश्वर महादेव मन्दिर, सीतागुफा, वशिष्ठ गुफा, अघोरी आश्रम, हरिहर मन्दिर, पशुपति मन्दिर, हरिहर आश्रम, अघोरी आश्रम, वराह मन्दिर, देवघाट समाजकल्याण केन्द्र वृद्धाश्रम, वेणी संगम, बद्री केदार मन्दिर, विष्णुशैय्या धाम, रामराम मन्दिर आदिमा भक्तजनको घुइँचो देख्न सकिन्छ भने चितवनतर्फ राम मन्दिर, वागेश्वरी मन्दिर, गेंश मन्दिर, हरिहर मन्दिर, धार्मिक प्रवचन केन्द्र, यज्ञशाला मन्दिर, शंकराचार्य मन्दिर, गौरेश्वर पशुपति मन्दिर, दियालो बंगला, टोड्के ताल, संकटमोचन हनुमान मन्दिर, संकल्पेश्वर मन्दिर आदि पनि भक्तजनको घुइँचो लागिरहेको छ  ।

यसैगरि, नवलरपुरतर्फ लक्ष्मी मन्दिर, सूर्य कुण्ड, लक्ष्मी नरसिंह दिव्यधाम, शिवालय मन्दिर, राधाकृष्ण मन्दिर एवम् मौलाकालिका मन्दिरमा भक्तजनहरू पुगिरहेका छन् ।

देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेलामा ५ लाख श्रद्धालु दर्शनार्थी आउने बताएको छ ।

सम्बन्धित समाचार