सोमबार , असार १, २०८३

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनकाे निर्माण अन्तिम चरणमा, प्रधानमन्त्री दाहालले गरे निरिक्षण

image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् । बुधबार प्रधानमन्त्री दाहालले भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निरीक्षण तथा अवलोकन गरेका हुन् ।

यसैगरी, प्रधानमन्त्री दाहालले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरे । मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृत जानकारी दिएका थिए ।

तस्बिहरु: प्रदीपराज वन्त/रासस

सम्बन्धित समाचार