सोमबार , फागुण १४, २०८०

तस्बिरमा भिटोफ नेपालको रुबी भ्याली अध्ययन अवलोकन भ्रमण

image

काठमाडौं । ग्रामीण पर्यटनको विकासका लागि काम गर्दै आएको भिटोफ नेपालले यही माघ १८ देखी २० सम्म धादिङको रुबी भ्याली गाउँपालिका-४, स्थित चालिस गाउँको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ । यस भ्रमणमा भिटोफ नेपालका अध्यक्ष गोपाल थापा, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल लगायत पर्यटनसँग सम्बन्धित  विभिन्न सङ्घसंस्थाका पदाधिकारी एवम् सदस्य तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो  ।

भिटोफ नेपालले विभिन्न गाउँहरूलाई पर्यटकीय आकर्षणको रूपमा विकास गरी गाउँ र गाउँलेको जीवनमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

कार्यक्रममा उपस्थित अधिकांश व्यक्तिले चालिस गाउँको आतिथ्य मन पराएका छन् भने रुबी भ्याली गाउँपालिकाको प्राकृतिक सौन्दर्यताले मन्त्रमुग्ध भएका छन् ।

तस्बिरहरू :

सम्बन्धित समाचार