सोमबार , फागुण १४, २०८०

आहा ! रुबी भ्याली

image

काठमाडौं । धादिङको उत्तरी भेगमा अवस्थित रुबी भ्याली गाउँपालिका बहुमूल्य रुवि ढुङ्गा पाइने स्थानको रूपमा समेत चिनिने गरिएको छ । प्राकृतिक, सांस्कृतिक तथा ग्रामीण पर्यटनको प्रबल सम्भावना बोकेको यस गाउँपालिकामा स्थानीय रूपमा उत्पादित जडीबुटी युक्त खाद्यान्नको स्वाद लिन सकिन्छ ।

पाविल हिमाल, गणेश हिमालको काखमा रहेको यो गाउँपालिकामा कुनै बेला पर्यटकीय चहलपहल निकै हुने गर्थ्यो । विभिन्न कारणले बिस्तारै ओझेलमा पर्दै गएको यस गाउँपालिकाको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्यले ग्रामीण पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको भिटोफ नेपालले यही माघ १८ गते देखी २० गतेसम्म अध्ययन अवलोकन भ्रमण समेत सम्पन्न गरेको छ ।

गाउँपालिकाको बिचबाट बग्ने आंखु, कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसाङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्ड, मेल्बु दरबार लगायत प्राकृतिक तथा ऐतिहासिक सम्पदा र सुन्दर सांस्कृतिक सम्पत्तिले यो गाउँपालिका भरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलै आकर्षण गर्नसक्ने यो गाउँपालिका पुग्दा मन आनन्दित भएर आवाज स्वतः निस्कन्छ ‘आहा ! रुबी भ्याली’ ।

तस्बिरहरू :

सम्बन्धित समाचार