सोमबार , फागुण १४, २०८०

टुँडिखेलमा मगर समुदायको माघे सकराती मेलामा चहलपहल सुरु हुँदै

मेला भर्न बच्चादेखि युवायुवती हुँदै बुढापाकासम्मको उपस्थिति देखिन थालेको छ ।

image

काठमाडौँ । काठमाडौँको टुँडिखेलमा मगर समुदायको ‘माघे सकराती’ मेलामा चहलपहल देखिन थालेको छ ।

काठमाडौँको टुँडिखेलमा आदिवासी मगर समुदायको प्रतिनिधित्व गर्दै आएको नेपाल मगर संघले आज पुस २९ गतेदेखि माघ १ गतेसम्म गरी तीन दिने ‘माघे साकराती’ मेला आयोजना गरेको हो । माघे सकरातीलाई मगर समुदायले राष्ट्रिय चाडका रूपमा शुभकामना आदानप्रदान गरी मनाउँदै आएको छ ।

मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सवका रूपमा मनाउन लागिएको यस मेलालाई संघले ‘माघे सकराती पर्व- २०७९’ नाम दिएको छ । आयोजक नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरका अनुसार मगर समुदायको मौलिक संस्कृतिलाई थप प्रवर्द्धन गर्न ‘माघे सकराती पर्व’ लाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको रूपमा मनाउन लागिएको हो ।

‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौँ, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ आज शुक्रबारबाट सुरु भएको यस मेलामा एकापसमा शुभकामना आदान-प्रदानसहित मगरहरूको मौलिक सांस्कृतिक नाचगान, मौलिक भेषभूषा एवं मौलिक परिकारको प्रदर्शनी, धनुकाँडको प्रस्तुति देखाउने तयारी संघले गरेको छ ।

पहिलो दिन आजबाट चहलपहल सुरु हुँदै गएकोमा हरेक वर्षझैँ यसपटक पनि भोलि पुस मसान्त र पर्सी माघ १ गते महोत्सवको विशेष रौनक देख्न सकिनेछ । मेलामा यतिबेला मौलिक भेषभुषा, मौलिक परिकारका स्टल लगाउन मगरहरू धमाधम लागिरहेको देख्न सकिन्छ भने मौलिक पहिरनमा सजिएका सांस्कृतिक नाचगानका टोलीहरू पनि आइपुगेको दख्न सकिन्छ । साथै, मेला भर्न बच्चादेखि युवायुवती हुँदै बुढापाकासम्मको उपस्थिति देखिन थालेको छ ।

महोत्सवको अन्तिम एवं मुख्य दिन माघ १ गते मौलिक झाँकीसहित बिहान १० बजेबाट भृकुटीमण्डपमा भेला भई  र्‍याली समेत निकालिने कार्यक्रम रहेको छ ।

संलग्न फाइलहरू :

Download/ Full Screen :
Download/ Full Screen :
Download/ Full Screen :
Download/ Full Screen :
Download/ Full Screen :
Download/ Full Screen :
Tags:

सम्बन्धित समाचार