शुक्रबार , जेठ ८, २०८३

गाेली बाेकेर जापान उड्न लागेकी युवती विमानस्थलबाट पक्राउ

गोली बोकेर जापान उड्न लागेकी उनलाई आइतबार पक्राउ गरिएकाे विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालले जानकारी दिए । 

image

काठमाडौं ।  त्रिभुवन विमानस्थलबाट गोलीसहित जापान जान लागेकी एक युवती पक्राउ परेकी छन् । तनहुँकी साेविता नेपालीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको हो ।

गोली बोकेर जापान उड्न लागेकी उनलाई आइतबार पक्राउ गरिएकाे विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालले जानकारी दिए । उनी आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।

भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीकाे झोलाबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो । उनलाई गाैशाला प्रहरीमा बुझाइएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी ढकालले बताए ।

Tags:

सम्बन्धित समाचार