शुक्रबार , जेठ ८, २०८३

निलम्बित गभर्नर अधिकारीको रिटमा आज सुनुवाइ हुँदै

image

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारीले निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्नरगराउन अन्तरिम आदेशको माग गर्दै आइतवार रिट दायर गरेका थिए ।

आज रिटमाथि अन्तरिम आदेश जारी भएमा उनले पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रूपमा काम गर्न पाउने छ । तर अन्तरिम आदेश नदिइ र कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा भने निलम्बनमै रहने छ।

सर्वोच्चले आज अन्तरिम आदेश प्रयोजनका लागि छलफलको मिति तोकेर बोलाउन पनि सक्नेछ । बैंकिङ्ग प्रणालीको सूचना चुहाएको लगायतको आरोप लगाउँदै सरकारले गएको चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरेको थियो ।

गभर्नर अधिकारीले भने सरकारले आफूमाथि पूर्वाग्रह राखेर गैरकानुनी रूपमा निलम्बन गरेको र त्यस निर्णयमा बदनियत रहेको दाबी गरेका छन् ।

Tags:

सम्बन्धित समाचार