शुक्रबार , जेठ ८, २०८३

निर्वाचन आयोगको निर्देशन: निर्वाचन प्रचार सामाग्री उत्पादन बन्द गर्नु

image

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा प्रयोग हुने प्रचार सामाग्रीको उत्पादन बन्द गर्न निर्देशन दिएको छ। चुनाव नजिकिएसँगै टोपी, टिसर्ट, झण्डा, ब्यानर, लकेट जस्ता सामाग्रीको उत्पादन बढेपछि आयोगले त्यस्तो काम आचारसंहिता विपरीत रहेको भन्दै उत्पादन नगर्न ध्यानाकर्षण गराएको हो।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार प्रचार सामाग्रीको उत्पादन रोक्न नेपाल च्याम्बर अफ कममर्थ, उद्योग वाणिज्य संघजस्ता संस्थालाई भनिएको जानकारी दिए।

आयोगले बिहीबारसम्म ५३ जिल्लाको १ करोड १९ लाख थान मतपत्र छापिएको जनाएको छ।

 

Tags:

सम्बन्धित समाचार