सोमबार , भाद्र ८, २०८३

‘राप्रपा मूल शक्तिको रुपमा उदाउँदै छ’- अध्यक्ष लिङ्देन

उनले भने, ‘राप्रपालाई एक्लो बनाएर जित्छौं भनेर सपना नदेख्दा हुन्छ । हामी एक्लै लडेर जित्छौं ।’

image

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपाली राजनीतिमा मूल शक्तिको रुपमा उदाएको बताएका छन् । आइतबार झापाको कचनकवल गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले राप्रपालाई एक्ल्याएर नेपाल राजनीतिक सन्तुलन कायम हुन नसक्ने बताए ।

झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई एक्ल्याएर कांग्रेस, एमाले तथा माओवादी केन्द्रले गठबन्धन बनाएका छन् । प्रतिनिधि सभामा उनी निर्वाचित झापाको क्षेत्र नं ३ मा रहेको कचनकवल गाउँपालिकाको घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपा नेपाली राजनीति बलियो शक्तिको रुपमा उदाएको बताए ।

उनले भने, ‘राप्रपालाई एक्लो बनाएर जित्छौं भनेर सपना नदेख्दा हुन्छ । हामी एक्लै लडेर जित्छौं ।’

अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा राप्रपाले जितेको थियो । राप्रपाले यस पटक पनि अन्जरा आलमलाई अध्यक्ष तथा निमसरी राजवंशीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

 

Tags:

सम्बन्धित समाचार