बुधबार , कार्तिक १२, २०८३

‘केपी ओली बयलगाडा दार्शनिक हुन्’- माधव नेपाल

‘केपी ओलीलीको मैले बखान गर्न जरूरी छैन । हजार जिब्रो भएका नाघले व्याख्या गर्न सक्दैनन् मैले कसरी गर्न सक्छु,’ उनले भने, ‘ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन् ।

image

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयलगाडाका दार्शनिकको संज्ञा दिएका छन् ।

आज भरतपुरमा सत्तागठबन्धनले गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले ओलीले गफमा मानिसलाई भुलाउन सक्ने भएकोले ख्याल गर्न सुझाव समेत दिए ।

‘केपी ओलीलीको मैले बखान गर्न जरूरी छैन । हजार जिब्रो भएका नाघले व्याख्या गर्न सक्दैनन् मैले कसरी गर्न सक्छु,’ उनले भने, ‘ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन् । बयलगाडा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउने उस्तै उस्तै कुरा भनेर गणतन्त्र विरोधी व्यक्ति । आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन् ।’

ओली महागफाडी भएको पनि उनको आरोप छ । ‘गफमा उनले पिएचडी गरेका छन्। गफमा मानिसलाई भुलाउन सक्छन्,’ उनले भने, ‘झुठोलाई साँचो भनेर अलमल्याउन सक्छन् होस् गर्नुहोला।’

अध्यक्ष नेपालले एमालेप्रति लक्षित गर्दै कुहिएको फर्सी भएको बताएका थिए । ‘फर्सी कुहिइसकेको छ । नखानुहोला, नसुघ्नुहोला, रोग लाग्ला,’ उनले भने ।

उनले रेनु दाहालले भरतपुरमा राम्रो काम गरेको पनि बताएका छन् । गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार