शनिबार , अषोज ३, २०८३

श्रीलंकामा पुनः संकटकाल लागू

image

एजेन्सी । श्रीलंकामा पुनस् संकटकाल घोषणा गरिएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि फेरि संकटकाल घोषणा गरेका हुन् ।

सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले संकटकालको घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिए ।

देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए ।

स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ ।

लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ ।

कोरोना महामारीसँगै श्रीलंकाली अर्थतन्त्र धराशयी भएको बताइएको छ । कोरोनासँगै श्रील‌ंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मुद्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो ।

सम्बन्धित समाचार