बुधबार , कार्तिक १२, २०८३

पुम्दीकोटमा आन्तरीक पर्यटकको भिड(फोटोफिचर)

image

पोखराको पुम्दीकोटमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा बसेजस्तै गरी महादेवको मूर्ति रहेको छ। वरिपरि हरियाली जंगल ।

फेवाताल र पोखरा बजार । आखाँ अगाडी देखिने हिमश्रृखला । त्यहाँ पुग्ने आन्तरीक तथा बाह्य पर्यटकलाई लोभ्याउने दृश्य । पुम्दीकोटबाट देखिने दृश्य हो । १५ सय मिटरको उचाईमा रहेको पुम्दीकोट ओझेलमा परेको छ । त्यही पुम्दीकोट अहिले आन्तरीक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ५१ फिट अग्लो शिवको मुक्ति स्थापना गरिएपछि त्यहाँ आन्तरीक पर्यटकको भिड बढेको छ ।

पुम्दीकोट नयाँ पर्यटकीय गन्तब्य बनेको छ । दैनिक सयौ पर्यटक त्यहाँ पुग्ने गरेका छन् । पोखरा उपत्यकासहित हिमशृङ्खला अवलोकन गर्न सकिने पोखरा महानगरपालिका–२२, पुम्दीकोटमा शिवको विशाल मूर्ति स्थापना गरिएको हो ।

सम्बन्धित समाचार