काठमाडौं । स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको छ ।
एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा/वडादेखि आउने जुलुसरर्याली सभा स्थल जानेछन् ।