काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जेठ १७ भित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
समाजवादीले सर्कुलर जारी गर्दै निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्न, सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।
यस्तै, पार्टी कमिटीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरेको छ। समाजवादीले सर्कुलर जारी गर्दै जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न र पार्टी कमिटीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरेको हो ।
निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्न पनि भनिएको छ । साथै ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारीता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्न र निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्न पनि भनेको छ ।