बिहिबार , बैसाख २४, २०८३

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् ।

image

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने बाटो खुलेको छ । सरकारले आइतबार (भोलि) आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याउँदैछ ।

सम्बन्धित समाचार