सर्वाेच्चको निर्णयविरुद्ध शनिबार पनि प्रदर्शन भएको थियो ।
काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले रोक लगाएपछि आज निजगढवासीले विरोध जुलुस गर्ने भएका छन् ।
निजगढवासी र निजगढ विकास पक्षधरहरूले राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले गरेको निर्णय गलत भएको भन्दै पुनरावलोकनको कानुनी दवाव दिन माइतीघरबाट बानेश्वरसम्म विरोध जुलुस गर्ने भएको हो ।
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
वातावरणीय कारण देखाएर अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।
सर्वाेच्चको यस निर्णयविरुद्ध शनिबार पनि प्रदर्शन भएको थियो ।