बुधबार , भाद्र ३१, २०८३

अष्ट्रेलियाको इतिहासिक मन्त्रिपरिषद्‌, ३० मध्ये १३ जना महिलामन्त्री

image

एजेन्सी । अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ । लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्‌मा रहेका ३० जनालाई गभर्नर जनरल डेभिड हुर्लीले सपथ दिलाएका हुन् ।

क्यानबेरामा रहेको गभर्मेन्ट हाउसमा प्रधानमन्त्री अम्बानीको रोहबरमा उनले मन्त्रीहरूलाई सपथ खुवाएको खुवाएका हुन् । अष्ट्रेलियामा नवगठित ३० सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यगरी तीन प्रकारले ऐतिहासिक मन्त्रिपरिषद् मानिएको छ ।

मन्त्रिपरिषद्‌मा अहिलेसम्मकै सबैभन्दा धेरै १३ जना महिला मन्त्री हुनु, आदिवासी महिला पहिलो पटक मन्त्री बन्नु र मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुले यस मन्त्रिपरिषद्लाई ऐतिहासिक मानिएको हो ।

आदिवासी समुदायका महिलामध्ये लिन्दा बर्नी पहिलो मन्त्री बनेकी छन् । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन्। तर आदिवासी पुरुष भने एक जना मन्त्री यसअघि केन वाईट मन्त्री बनेका थिए ।

त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्‌मा सहभागी हुने ऐतिहासिक अवसर पाएका छन् ।

लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।

अहिले लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि उनले एकल मन्त्रिपरिषद् गठन गरेका हुन् । कुल १५१ सिट रहेको अष्ट्रेलियाको तल्लो सदनमा बहुमत पुर्‍याउन कम्तीमा ७६ सिट जित्नु पर्नेमा लेबरले त्योभन्दा बढी जितिसकेको छ । कतिपय ठाउँमा अहिले पनि मतगणना भइरहेकाले अन्तिम नतिजा आउन बाँकी नै रहेको छ ।

Tags:

सम्बन्धित समाचार