शुक्रबार , भाद्र १२, २०८३

रसुवामा विद्युत् आपूर्ति बन्द

जिल्लाको आधा भागमा नुवाकोटको लाइन जोडेर विद्युत् सञ्चालनमा ल्याउन लागिएको छ ।

image

काठमाडौं । ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ ।

जिल्लाको कालिका गाउँपालिका–३, स्थित कटुञ्जेमा रहेको ३७ नम्बर टावरमा समस्या आएपछि जिल्लामा गएरातिदेखि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।

विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौं ग्रिड महाशाखाबाट मर्मत टोली आउने क्रममा रहेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । मर्मतको काम सकिएपछि विद्युत् सेवा सुरु हुने उनको भनाइ छ ।

६६ केभी लाइनको मर्मत गर्नका लागि मर्मत टोली नै आउनुपर्ने भएकाले टोली आइपुगेपछि मात्र काम हुने छ ।

जिल्लाको आधा भागमा नुवाकोटको लाइन जोडेर विद्युत् सञ्चालनमा ल्याउन लागिएको छ । जिल्लाको तल्लो भेगमा केही समयमा नै विद्युत् आपूर्तिको व्यवस्था मिलाउने उनले बताए । जिल्लाभरी नै आपूर्तिको व्यवस्था मिलाउन भने समय लाग्ने छ ।

सम्बन्धित समाचार