शुक्रबार , जेठ ८, २०८३

संगठित हुँदै स्वतन्त्र उम्मेदवारहरू, बाेलाए राष्ट्रिय भेला

असार १७ र १८ मा काठमाडौंमा तय गरिएको भेलामा आउँदो निर्वाचनको तयारी, रणनीति र कार्यदिशा बनाइने बताइएको छ ।

image

काठमाडौं । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूले राष्ट्रिय भेला बोलाएका छन् । असार १७ र १८ मा काठमाडौंमा तय गरिएको भेलामा आउँदो निर्वाचनको तयारी, रणनीति र कार्यदिशा बनाइने बताइएको छ ।

भेलामा सहभागी हुन चाहनेका लागि असार १० सम्म अनलाइन फाराम भर्न र चिया, खाजा तथा खाना खर्चबापत १५ सय शुल्क जम्मा गर्न भनिएको छ ।

वैशाख ३० को निर्वाचनमा काठमाडौं, धरानलगायतका ठूला पालिकामा समेत स्वतन्त्र विजयी भएपछि स्वतन्त्र उम्मेदवार हौसिएका छन् । स्वतन्त्र उम्मेदवारहरू संगठित हुनसक्ने देखिएको छ ।

सम्बन्धित समाचार