बिहिबार , बैसाख २४, २०८३

बिरामी हुँदा सबै डाक्टर र नर्सलाई गीत गाउन लगाउथे ओली

'सालको पात टपरी… नहुने सल्लैको' गाएको उनले सम्झिए ।

image

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गीत गाउन जानेकाे भए आफूले पनि तहल्का मच्चाइदिने बताएका छन्  । राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नभए आफूले पनि तहल्का मच्चाइदिने बताए ।

‘प्रकतिले मलाई मजाले ठगिदिएका छन् । नत्र तपाइँहरुलाई चाहिँ गला दिने । मैमात्र किन नजान्ने ?,’ उनले भने, ‘मैले गाउन जानेका भए त तहल्का मच्चाइदिन्थे ।’

उनले किड्नी प्रत्यारोपणको समय सम्झिँदै त्यतिबेला गीत संगीतकै सहारा लिएको बताए । आइसीयुमा रहँदा डाक्टर, नर्सहरुलाई सधैं गीत गाउन लगाएको उनले सम्झिए ।

‘म बिरामी हुँदा सबै डाक्टर र नर्सलाई गीत गाउन लगाउँथे । उपचार गर्न आउने डाक्टर, नर्सलाई पहिले गीता सुनाउनुस् अनि मात्र उपचार गर्नुस् भन्थे,’ उनले भने, ‘गीत सुन्दा आनन्द लागेर आउँथ्यो ।’

त्यतिबेला एक जनाले धेरै गीत नआउने बरु एउटा गीत आउने भन्दै ‘सालको पात टपरी… नहुने सल्लैको’ गाएको उनले सम्झिए । ‘त्यो बेला २४ घन्टा आइसीयुमा बस्नुपर्थ्यो । सबै समय सुतेर बस्न नसकिने, मलाई कम निन्द लाग्ने बानी भएर। त्यही भएर पनि उनीहरुलाई गीत गाउन लगाउँथे ।’

उनले बेहोसीबाट बयुँझिनेवित्तिकै आफूले कविता रचाना गरेको र त्यो पछि शिशिर योगीले संगीत भरेर गीत बनाएको बताए ।  ‘अपरेशनबाट ब्युँझिदा र बेहोसीबाट होसमा आउँदा मनमनै गुनगुनाउँथे । आइसीयुमा चुप लागेर बस्नुपरेर पनि होला मनमनै गुनगुनाउँथे,’ उनले भने ।

सम्बन्धित समाचार