काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला नै राखेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अन्तिम लिखित फैसला सार्वजनिक गर्दै बुधबार सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई रोक नलगाएका हुन् ।
इजलासका पाँचमध्ये तीन न्यायाधीशले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने नलगाएको पाइएको छ । अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशको राय बाझिएको थियो । तीन न्यायाधीशले बहुमतको राय दिएका थिए दुई न्यायाधीशले धने निजगढको विकल्पका रुपमा निजगढलाई नै अघि ल्याएका थिए ।
पूर्ण इजलासका पाँचमध्ये विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्न सुझाएका थिए भने हरिकृष्ण कार्की र मनोजकुमार शर्माले अल्पमतमा राय दिएका थिए ।
हेर्नुहोस् पूर्ण पाठ:
https://drive.google.com/file/d/1bcvbJM4gCfMqM5s7WRFaLf1RZd857C1T/view