शुक्रबार , अषोज २, २०८३

महाराष्ट्रको मुख्यमन्त्री एकनाथ शिंदे

image

एजेन्सी । भारतको महाराष्ट्रको मुख्यमन्त्री एकनाथ शिंदे हुने भएका छन् । उनले बिहीबार अबेर मुख्यमन्त्रीको शपथ लिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शिंदेले सत्तारुढ दल शिवसेनामा विद्रोह गरेपछि शिवसेनाका अध्यक्ष उद्धव ठाकरे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

भाजपाले शिवसेनाका विद्रोही नेता शिंदेलाई समर्थन दिने निर्णय गरेसँगै उनले बहुमत पाएको जनाइएको छ । भाजपाले सरकार बाहिरबाटै शिंदेलाई समर्थन गर्ने भएको हो ।

चुनावमा शिवसेना र भाजपाबीच गठबन्धन भएको थियो । तर, शिवसेनाले कांग्रेस आई र राष्ट्रवादी कांग्रेससँग मिलेर सरकार बनाएको थियो ।

Tags:

सम्बन्धित समाचार