काठमाडौं । नवलपरासी जिल्लाको प्रमुख मन्दिर हो सिजी मन्दिर अर्थात् शाश्वत धाम । यो मन्दिर नवलपुर जिल्लाको देवचुली नगरपालिका स्थित दुम्कौलिमा पर्छ । चौधरी ग्रुपले निर्माण गरेको याे मन्दिर श्री काञ्ची शङ्करा सदाशिव लिङ्गम्को नामले स्थापना गरिएको हो ।
पछिल्लो केही वर्षदेखि शाश्वत धाम नवलपुर आउने हरेकको गन्तव्यको स्थल बन्ने गरेको छ ।
वरिपरि ताल र बिचमा मन्दिर भएकाले पनि यस मन्दिरलाई थप आकर्षक बनाएको छ ।
मन्दिर परिसरमा राखिएको डिजिटल धार्मिक लाइब्रेरी र धार्मिक सूचना केन्द्रबाट देशभरका मठ मन्दिर, शक्ति पिठ र धर्महरूको जानकारी लिन सकिने व्यवस्था रहेको छ ।
फोटोहरू :












