शुक्रबार , जेठ ८, २०८३

दुई वर्षीया बालिकाको आँगनमा राखिएको पानीको ड्रममा डुबेर मृत्यु

दुई वर्षीया बालिकाको सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मंगलबार साँझ  मृत्यु भएको छ ।

image

दुई वर्षीया बालिकाको सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मंगलबार साँझ  मृत्यु भएको छ ।  मृत्यु हुने बालिकामा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् ।

स्रोतका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् ।

उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

सम्बन्धित समाचार