बुधबार , कार्तिक १२, २०८३

जोखिमपूर्ण यात्रा रुचाउनेहरूको विश्रामथलो ‘खङ्सार’

image

हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ निकै परिचित छ । तर, कम चर्चामा आउने मनाङको सुन्दरताचाहिं मुस्ताङभन्दा कम छैन । जसरी मुस्ताङ मुक्तिनाथले गर्दा चर्चित छ, मनाङ विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोका कारण चर्चामा छ ।

त्रेता युगमा कागभुसुन्डी ऋषिले यसै तालको किनारमा तपश्या गरी बसेका र रामयणको पूरा पाठ गर्दा कागले रामयण कथा सुनेर रुँदारुदैँ आँसुबाट दह बनेको भन्ने पनि किंवदन्ती पाइन्छ । कैलाश पर्वतबाट भगवान् शिव पार्वती यहाँ आई तपश्या गरी यसै तालमा स्नान गरी स्वच्छ भएकाले यहाँको पानीलाई पवित्र जलको रुपमा लिने प्रचलन समेत रहेको छ ।

प्राकृतिक छटाले भरिएको यस ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो । यस तालबाट अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइचो लाग्ने गर्छ । कतिपय पर्यटक तिलिचो तालहुँदै फर्किएर खाङ्सर हुँदै थोराङुला पास गरी मुक्तिनाथ पुग्ने गरेका छन् भने कतिपय तालहुँदै नेसोकुन्डा पास गरी जोमसोम ठिनी पुग्ने गर्छन् ।

मनाङ पुगेका पर्यटक तिलिचो नपुगी कमै मात्र फर्कने गर्छन् । कोहीकोही मात्रै खङ्सारसम्म पुगेर फर्किने गर्छन् ।

सडकमार्गको जोखिमपूर्ण यात्रा रुचाउनेहरूले तिलिचो पुगीरहँदा खङ्सारमा रोकिएर हिम्छाचित दृश्यले मोहित भएकै हुनुपर्छ । निलो आकाश मुनि सेता हिमालका लहरहरु मुस्कुराइरहेको देखेकै हुनुपर्छ ।

बिरामी तथा अशक्तलाई तिलिचो तालसम्म पुर्याउन लागि  तयार राखिएका घोडाहरूसँग तपाइँको खङ्सारमा नै जम्काभेट हुन्छ ।

तस्बिरहरु: पुजन सापकोटा 

सम्बन्धित समाचार