बुधबार , कार्तिक १२, २०८३

तस्बिरमा २८औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

image

आदिवासी जनजाति समुदायले विभिन्न कार्यक्रम गर्दै २८औं अन्तर्राष्ट्रिय आदिवासी  दिवसलाई भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्षकाे अगस्ट ९ मा याे दिवस मनाउँदै आएका छन् ।

पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि  आदिवासी आन्दोलन, आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ।

आदिवासीको साँस्कृतिक झाँकी, बाजागाजा, भेषभुषा, नाँचगान तथा परम्परागत हातहतियारहरू सांकेतिक रूपमा प्रदर्शनसहित काठमाडौंमा र्‍याली निकालिएको थियो । र्‍याली प्रदशनि मार्गबाट सुरु भई भद्रकालि, सुन्धार रत्न पार्क, जमल हुदै कार्यक्रम स्थल प्रज्ञाभवन प्रवेश गरेको थियो ।

तस्बिरहरू:

तस्बिरः केशब गुरुङ/गाेरखापत्र 

सम्बन्धित समाचार