काठमाडौँ । नेपाल दुरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) लागू गरेको छ । मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ / ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न एमडीएमएस प्रणाली लागू गरिएको प्रधिकरणले जनाएको छ ।
३० भदाै २०७९ सम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेट स्वतः एमडीएमएस प्रणालीमा दर्ता भएका छन् भने अब मोवाइल ल्याउदाँ मोबाइलको आईएमईआई नम्बर नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता गर्नु पर्ने छ ।
कर तिरेर ल्याइएको फोन स्वत: दर्ता हुन्छ भने व्यक्तिगत रुपमा ल्याइएको मोवाइल प्रणालिमा आईएमईआई नम्बर दर्ता गराउनुपर्छ ।
कसरी गर्ने त दर्ता ?
दर्ताका लागि सुरुमा आईएमईआई नम्बर थाहा नम्बर थाहा हुनुपर्छ । यदी थाहा छैन भने *#06# डायल गरेपछि मोवाइलमा आईएमईआई नम्बर आउँछ ।
त्यसपछि https://eir.nta.gov.np/ मा जाने र साइन अप गर्ने ।

त्यसपछि इन्डिभिज्यूअल एप्लिकेशन छान्ने ।

इन्डिभिज्युअल एप्लिकेशनमा मागेको विवरण भरेर सबमिट गरेपछि मोवाइल दर्ता हुन्छ ।
