बिहिबार , अषोज ८, २०८३

विश्व पर्यटन दिवसको अवसरमा ‘ठमेल परिक्रमा’ सम्पन्न

image

काठमाडौँ ।  विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले ठमेल परिक्रमा गरेका छन् । ‘पर्यटनको लागि पुनर्विचार गरौँ (रिथिंङकीङ टुरिजम)’ भन्ने अभियानका साथ सुरु गरिएको प्रभातफेरीमा बिहानैदेखि नेपाल पर्यटन बाेर्ड लगायत विभिन्न संघसंस्थाहरूको उपस्थिति देखिएको छ ।

ठमेलको त्रिदेवी मार्गबाट सुरु भएको प्रभातफेरीमा पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान), ठमेल पर्यटन विकास परिषद, होटल व्यवसायी संघ, शेर्पा पर्यटन व्यवसायी संघ, अजोड इन्स्योरेन्स लिमिटेड लगायतका संघसंस्थाहरूको उपस्थिति देखिन्छ । यसपश्चात् काठमाडौंको सङ्खरापुर नगरपालिकामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको बाेर्डका निर्देशक मणिराज लामिछानेले हिमाल दर्पणलाई जानकारी दिएका छन् ।

बोर्डले पोखरामा पनि विशेष कार्यक्रम तय गरेको छ । पर्यटन मन्त्री र मन्त्रालयका अधिकारीहरूले पोखरा विमानस्थलमा पर्यटकलाई स्वागत गर्न, पर्यटन मन्त्रीले विमानस्थलको निरीक्षण गर्ने, कला प्रदर्शनीको उद्घाटन गर्ने, अन्तर्राष्ट्रिय पत्रकारहरूलाई स्वागत गर्ने लगायतका कार्यक्रमहरू रहेका छन् । त्यसका साथै विभिन्न स्थानमा सडक महोत्सव पनि हुने  भएको छ ।

ठमेलकै त्रिदेवी मार्गमा साँझ ५ बजेदेखि राति ८ बजेसम्म विशेष साङ्गीतिक एवम् सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । कार्यक्रममा ठमेल क्षेत्रका घरधनी तथा पर्यटन व्यवसायीहरूलाई कार्यक्रममा उपस्थिति रहनेछ ।

Tags:

सम्बन्धित समाचार