घले गाउँको एक महत्त्वपूर्ण पर्टकीय आकर्षण बनेको सङ्ग्राहलयमा गुरुङ र घले समुदायका परम्परागत सामाग्री तथा प्रविधिहरू राखिएका छन् । सङ्ग्राहलयले परम्परागत प्रविधि, गाउँले जीवन र जीवनशैलीको झल्को देखाउँछ ।
लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने क्व्होलासोथार गाउँपालिकामा अवस्थित घले गाउँ नेपालकै पहिलो स्मार्ट भिलेज हो । यो सुन्दर घले गाउँ सार्क राष्ट्रको ‘नमुना गाउँ’को रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो ।
सुखी मानिसहरू बस्ने गाउँ (सुखी गाउँ)को रूपमा समेत घोषणा भएको यस गाउँमा सार्क भिलेज पर्यटन सङ्ग्राहलय पनि रहेको छ । घले गाउँको एक महत्त्वपूर्ण पर्टकीय आकर्षण बनेको सङ्ग्राहलयमा गुरुङ र घले समुदायका परम्परागत सामाग्री तथा प्रविधिहरू राखिएका छन् । सङ्ग्राहलयले परम्परागत प्रविधि, गाउँले जीवन र जीवनशैलीको झल्को देखाउँछ । गुरुङ र घले संस्कृतिको अवलोकन थलो बनेको छ सार्क भिलेज पर्यटन सङ्ग्राहलय ।
यो सङ्ग्राहलयको स्थापना वि.सं. २०७३ माघ २२ गते भएको थियो । सो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्ग्राहलयको उद्घाटन गरेकी थिइन् ।
हेराैँ तस्बिरहरू:












