शुक्रबार , कार्तिक ७, २०८३

दार्मा गाउँपालिकाको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने कि ?

एक सर्वेक्षणअनुसार अहिले झन्डै ८० प्रतिशत पर्यटक शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन् । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरूले ग्रामीण वातावरण रुचाउन थालेका छन् ।

image

प्राय: नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षकहरूको बोलीमा नै ग्रामीण पर्यटनका कुरा झुन्डिएको देखियो । तर व्यवहारमा भने ग्रामीण पर्यटन ओझेलमा परेको छ । किनकि हामी मध्य धेरैजना आफ्नै गाउँ, ठाउँका धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा अनविज्ञ छौँ । नजिकको तीर्थ हेला भने जस्तै धार्मिक मठ मन्दिर एवं प्राकृतिक र ऐतिहासिक स्थल भ्रमण अर्थात् विद्यालयको शैक्षिक भ्रमणको लागि पनि आफ्नो भूगोल भन्दा अन्य स्थानको खोजीमा रहन्छौँ ।

पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण हो । एक स्थलबाट अर्को स्थलहरूमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश विदेश घुम्ने, महत्त्वपूर्ण स्थलहरूको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ । भ्रमणबाट नै ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक स्थलहरूको अध्ययन अनुसन्धान गर्न सकिन्छ ।

दार्मा (सल्यान जिल्ला)मा भ्रमण गर्नको लागि नजिकै देखिने हिमाल, असङ्ख्य पहाड, तालतलैया, झरनाहरू, वनजंगल र दुर्लभ मानिएका जीवजन्तुको दृश्यावलोकन गर्न सकिने धेरै स्थलहरू छन् । ग्रामीण पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरू गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले विकासबाट पछाडि परेको ग्रामीण क्षेत्रको विकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरू अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउँछन् ।

एक सर्वेक्षणअनुसार अहिले झन्डै ८० प्रतिशत पर्यटक शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन् । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरूले ग्रामीण वातावरण रुचाउन थालेका छन् । विकसित देशका मात्र होइन आन्तरिक पर्यटकहरू पनि अधिकांशले खासगरि नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन् ।

पृथ्वीमा हुने भौगोलिक परिवर्तनले ताल, तलैया निर्माण हुने र भएकाहरूमा परिवर्तन हुँदै आएका छन् । मानव बस्तीको विकास र पृथ्वीमा भई रहने वातावरण अनुकूलको प्रभावले बाढी, पहिरो र भू–क्षयका कारणले ताल, तलैया बन्ने र विनाश हुने क्रम पनि सुरुदेखि नै हुँदै आएको हो । अहिले ताल तलैयाहरूले पनि संरक्षण खोजिरहेका छन् । तर पनि अहिलेसम्म सबै ताल, दह र पोखरीका बारेमा अध्ययन, अनुसन्धान र धेरैको नामकरण समेत हुन सकेको छैन।

त्यसैले अब हामीले हाम्रो दार्मा गाउँपालिका भित्र रहेका पुरातात्त्विक एवम् धार्मिक स्थलहरू र ग्रामीण पर्यटन प्रवर्द्धनमा केही सोच्ने कि?

  • भरत रोकाय

सम्बन्धित समाचार